enepalpatra , १५७४ पटक हेरिएको
लेटाङ २७ बैशाख । मतदाता नामावली संकनका क्रममा निर्वाचन आयोगले गम्भीर गल्ती गरेको भेटिएको छ । लेटाङ नगरपालिका वडा नं. ४ मा वडा बाहिरका मानिसको नाम भेटिएपछी कुनै ब्यक्तिले दिएको प्रलोभनमा परि फेक मतदाता संकलन गरि निर्वाचनलाई धाधली गर्ने उदेश्यले फेक मतदाता ल्याईएको स्थानिय उत्तम श्रेष्ठले आरोप लगानुभयो । गलत तरिकाबाट ल्याईएका फेक मतदाताहरुलाई कुनै हालतमा मतदान गर्न नदिने श्रेष्ठले बताउनुभयो ।
अमुक ब्यक्तिको स्वार्थका लागि गलत वडामा कुनै हिसाबले नछुने मान्छेहरुलाई भोट बैंकको नाममा मतदानलाई बिथोल्ने उदेश्यले फेक मतदाता ल्याईएको भन्दै यसलाई कुनै हालतमा रोकिने उहाँले बताउनुभयो । निर्वाचन आयोगलाई असल वडा बाहिरका मतदाता लाई मत हाल्न रोक गर्नुपर्नेमा समेत उहाले जोड दिनुभयो । गलत मतदाताले वडा नं. ४ मा मतदान गरे त्यसको प्रतिबाद गर्ने उहाले बताउनुभयो ।
“वडाको प्रतिनिधि वडा बासिले चुन्नु पाउनुपर्छ । वाहिरबाट प्रलोभन वा झुक्याएर ल्याईएका मतदाताले वडाको भविष्यमाथि खेल्न हुदैन र पाउदैनन्” उहाँले भन्नुभयो ।
प्रकाशित मिति: २०२२-०५-११ , समय : ०९:४३:१९ , ३ वर्ष अगाडि