अन्शु थापा , ७४१ पटक हेरिएको
बिराटनगर २७ बैशाख । अहिले हाम्रो देशमा तिब्रताका साथ आसन्न स्थानीय चुनावको माहौल तातिरहेको छ।यस अबस्थामा पत्रपत्रीका टेलीभिजन हेर्ने क्रममा फलानो पार्टीले पैसा बाडदै हिडिरहेको छ । फलानो पार्टीले येस्तो गरिरहेको छ भनेको छ । हरे भगवान हामी यो सब कुराको पछाडी लागेर किन हामी आफ्नो समय बर्बाद गरिरहेका छौं? हामी जनता यती सम्म सक्षम भैसकेका छौं कि हाम्रो देशको लागि असल नेतृत्व चुन्न सकौ नाकी कसैको लोभ लालच पैसा मासु भातमा मत दिनको लागि बिकौ हामिलाइ मत दिनको लागि मासुभात हैन हाम्रो देश टोल समाज हर क्षेत्रमा दिगो बिकास चाहिएको छ।हामी जनता लाई साह्रो गाह्रो पर्दा संगै हातेमालो गर्दै हामी जनताको हरेक समस्या लाई समाधान गर्न सक्ने एक असल नेतृत्व चाहिएको छ। भोट र कन्या दान दिनु उस्तै उस्तै हो एकचोटी दान दिए पछि सकियो तेसैले पछि पछुताउनु भन्दा बेलैमा सोचेर भोट् हालौ ।
म एक बिरातनगर बासी अनि महिला भएको हैसियतले मेरो साथ समर्थन पुर्ण रुपमा एमाले यानिकी चुनाव चिन्ह सुर्यमा छ किन भने नेकपा एमालेले उप मेयरको टिकट एक उधमशिल सच्चा इमानदार महिला लाई दिएर सम्पुर्ण महिला हरुलाइ सम्मान गरेको छ। वहाँ जस्तो असल नेतृत्व पाउनु बिराटगरबासीको लागि एक्दम नै ठुलो खुशी हो एति मात्र नभएर मेयरमा एक सच्चा इमानदार युबा पुस्ता लाई प्रतीनिधित्व गरेर आदरणीय दाइ सागर थापा लाई अधि सारेको छ साच्चै हामी बिरात्नगर बासी हाम्रो बिरात्नगर मा बिकाशको स्वरुप फेरिएको हेर्ने चाहन्छु भने वहाँ हरु द्वय लाइ सुर्य चिन्ह मा मतदान गरौ । तेसै गरि नेकपा एमालेले बिराटनगरको सम्पुर्ण वडा हरुमा पनि समान रुपले सम्पुर्ण बर्ग क्षेत्र समुदाय लाई समेतेर उमेदवारको टिकट दिएको छ वहाँ हरु सम्पुर्ण लाई पनि सुर्य चिन्ह मा भोट दिनु होला ।सबै वडाको उम्मेद्बार उतिकै सक्षम हुनुन्छ तर पनि मैले वडा न १२ को वडा अध्यक्ष उमेदवार भोला बराल ज्युलाइ नजिक बाट नियाले को छु यस उम्मेद्बारी भन्दा अगादी १२ नं. वडाको खाने पानी सस्थाको अध्यक्ष पनि हुन्हुन्थ्यो खाने पानी सस्था को अध्यक्ष भैरहदा देखि नै देख्दै आएको छु वहाले बिना स्वार्थ गर्नु भएको समाज सेवाको समयमा आफ्नो घर बाट पनि राहत बाढ्दै आउनु भएको हो। तेस्को प्रत्येक्षदर्शी म पनि हो अझै पनि १२ नम्बर वडामा अहिले खाए भरै के खाने भन्ने परिवार अझै पनि पनि हुनुहुन्छ दुबान को समस्या अझै छ पैसा नभएको कारण ले उचित उपचार नपाएको अबस्था पनि देखेको छु त्यस् अर्थमा १२ नम्बर विकसित यो सब समयमा बाट मुक्त हुन पनि भोला बराल आउनु नै पर्छ वहा लाई केही लोभ लालच छैन ।किन भने रिएलमा उहाँ ब्यबसाय घर गाडी पहिले देखि नै भएको मान्छेको अहिले को अवस्थाआ नेता हरुले राजनितिलाइ पेसा अर्थात कमाइ खाने भाडोको रुपमा प्रयोग गरिरहदा उहाँ निन्तान्त समाजसेवा अनि आफ्नो वडा लाई नमुना वडाको रुपमा चिनाउन उम्मेद्बारी दिनु भएको हो । तेसैले सम्पुर्ण बिराट्नगर १२ बासिलाई लाई सुर्य चिन्हमा मत दिई आफ्नो लगायत आफ्नो टोलको बिकासको लागि तयारी रहनु होला उहाले १२ नम्बर वडाबासि हरुको लागि निसुल्क स्वास्थ बिमा पनि उपलब्ध गराउने प्रतिबधता दिनु भएको छ तेसैले पनि उहाँ लाई जिताउन अनुरोध गर्दछु ।
प्रकाशित मिति: २०२२-०५-१० , समय : १२:४६:४४ , ३ वर्ष अगाडि