प्रशान्त निराैला , ३९१ पटक हेरिएको
लेटाङ २५ बैशाख । नेपाली कांग्रेस लेटाङ १ नं. वडा कार्यसमिती द्वारा बैशाख ३० लाई लक्षित गरि बृहत् आमसभा गरेको छ ।
नेपाली कांग्रेसका जिल्ला सभाप्ती डिग बहादुर लिम्बुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. १ का स्थानियको धेरै संख्यामा उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी डिगबहादुर लिम्बुले जनताको आधारभुत आवश्यकतालाई पूरा गरेर समुदायको बिकास गर्ने जनप्रतिनिधी कांग्रेसले उभ्याएको भन्दै भारी मतले बिजय गराउन आग्रह गर्नुभयो । उहाँले कांग्रेसले मात्र दिगो बिकास र स्थायी शान्ति स्थापना गर्न सक्ने भएकाले कांग्रेस सहितको गठबन्धनलाई मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।
बिगत ५ बर्समा शंकर राईको नेतृत्वले उल्लेखनिय काम गरेको भन्दै बर्तमान उम्मेद्बार संग ज्ञानेन्द्र ढकाल सहितको नेतृत्व संग काम गर्ने अठोट, दृढ इच्छा शक्तीले भएकाले बिकास र समृद्दिले निरन्तरता पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
कार्यक्रमका बिशिस्ट अतिथी नेपाली कांग्रेसका क्षेत्रीय सभापती शंकर राईले एमालेले फैलाएको भ्रममा नपरी कांग्रेस र माओबादी केन्द्रको गठबन्धनका उम्मेद्बारहरुलाई भारी मत दिएर बिजय गराउन आग्रह गर्नुभयो । उहांले आफुले सुरु गरेका योजना पूरा गर्न समेत कांग्रेसलाई मत दिनपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति: २०२२-०५-०८ , समय : २१:२५:५७ , ३ वर्ष अगाडि