अर्जुन लिम्बु , ५१४ पटक हेरिएको
लेटाङ,२५ बैशाख । लेटाङ्ग- ४ नम्बर वडाका निवर्तमान अध्यक्ष सन्तोष कार्कीले एमालेले थरथर कामेर अन्यत्र बाट करिब २०० भोट क्याम्पस पढ्न आउने बिध्यार्थिहरु लाई ललाई फकाई बसाई सराई गरि ल्याएको आरोप लगाएका छन।
हार मानसिकताले अतालिएर एमालेले अति हद सम्म गिरेर बिध्यार्थिहरुको अन्यत्र बाट भोटकै लागि किर्ते गरि बसाई सराई गरेर ल्याएको बताएका हुन। वास्तविक रुपमा त्यसको छानबिन गर्छौ। यसरी पैसाको सामर्थ्य देखाएर अन्यत्रबाट बसाई सराई गरि ल्याउनु ठिक होइन।उनले भने
आइतबार लेटाङ ४ नम्बर वडाले शक्ति प्रदर्सन गर्दै संयुक्त गठबन्धनको जुलुस नारा कोण सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै कार्किले भने एमालेले हाम्रो मतदाता माथी विभिन्न प्रलोभन देखाई रहेका छन। नेपाली काङ्ग्रेसका मतदाताको हात माओवादी केन्द्रको चुनाब चिन्ह हसिया हथौड़ामा छाप लगाउन हात लाग्दैन भनेर भ्रम फैल्याई रहेको छ।
यस्तो भ्रम र शब्दको खेती गर्ने एमाले जन देखि लेटाङ- ४ नम्बर बासी जनसमुदायहरु होसियार रहनु पर्ने बताए। जसरी हुन्छ यस्ता भ्रम चिर्न माओवादी केन्द्रका कार्यकर्ता र नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुमा समान बुझाई हुनुपर्छ र गठबन्धनका उम्मेदवार प्यानलनै जिताउनु पर्छ। कार्कीले भने।
प्रकाशित मिति: २०२२-०५-०८ , समय : २०:५२:०७ , ३ वर्ष अगाडि