प्रशान्त निराैला , ४९० पटक हेरिएको
लेटाङ, १५ बैशाख । नेपाली कांग्रेस लेटाङ र नेकपा माओबादी केन्द्रको गठबन्धनले संयुक्त रुपमा चुनाबी कार्यक्रम गर्ने भएको छ ।
आज कांग्रेस माओबादिको संयुक्त बैठकले चुनाबी रणनिती तयार गरि सबै वडाका जनता सङ घर दैलो गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस लेटाङका कार्यबाहक सभापती मदन भट्टराईले जानकारी दिनुभयो ।
लेटाङमा नेपाली कांग्रेस र माओबादी केन्द्र बिच गठबन्धन गरि उमेदवार तय गरिएको छ । नगरप्रमुख, वडा अध्यक्षहरुसहित ३९ जना कांग्रेसले र उपप्रमुख सहित ८ जना सदस्य माओबादी केन्द्रले लिएर संयुक्त रुपमा गठबन्धन चुनाबमा अगाडि बढेको छ । नगरप्रमुख र सबै सदस्यलाई रुखमा मतदान गर्नुपर्ने छ भने उपप्रमुखमा हसिया हतौडामा मतदान गर्नुपर्ने संयोजक भट्टराईले बताउनुभयो ।
नगरप्रमुखमा काँग्रेस बाट लोकप्रीय नेता ज्ञानेन्द्र ढकाल उमेदवार हुनुहुन्छ भने उपप्रमुखमा माओबादी केन्द्र बाट नेता कृष्ण लम्साल ‘अनन्त’ उमेदवार हुनुहुन्छ ।
गठबन्धनलाई बहुमत दिएर बिजय गराउन नगरबासिमा मेयरका उमेदवार ज्ञानेन्द्र ढकालले आह्वान समेत गर्नुभयो ।
भोगटेनि , वारंगि , जाँते र लेटाङका भुभाग मिलेर बनेको ऐलेको लेटाङ”नगरपालिकालाई समृद्धशाली बनाउनका लागि रुख चिन्हमा प्रमुख , वडा अध्यक्ष र सदस्य सहित ६ छाप र उपप्रमुखमा हसिया हतौडा चिन्हमा १ छाप गरि ७ छाप मतदान गर्न नगरप्रमुखका उमेदवार ढकालले आह्वान गर्नुभयो ।
कार्यक्रम लेटाङ नेपाली कांग्रेसका क्षेत्रीय सभापती शंकर राईको प्रमुख आतिथ्यतामा भएको थियो ।
उमेदवारहरुको परिचय समेत गरिएको कार्यक्रममा क्षेत्रीय सभापती राईले सबैलाई खादा लगाएर सम्मान समेत गर्नुभएको थियो । उहाँले आफू लेटाङको मेयर हुँदा थुप्रै काम सुरुवात गरेको हुनाले यिनलाई पूरा गर्नका लागि ज्ञानेन्द्र ढकाल सक्षम रहेकाले सबैलाई रुखमा मतदान गर्न आह्वान समेत गर्नुभयो ।
प्रदेश ख सभापति राजकुमार लामाले कांग्रेसले मात्र देशलाई सहि दिशा निर्देश गर्दै बिकास गर्न सक्ने र लेटाङमा ज्ञानेन्द्र ढकालको नेतृत्वले बाकिँ रहेका कामलाई पुर्ण बनाउदै नयाँ ढंगको बिकास गर्न सक्ने बताउनुभयो । उहाँले गठबन्धनको टिमलाई जिताउन आग्रह समेत गर्नुभयो।
लेटाङमा गठबन्धनको संयुक्त चुनाब प्रचार प्रसार समिति गठन,बिभागिय जिम्मेवारी सहित (नामावली सहित)
संयुक्त निर्वाचन परिचालन समिति यस प्रकार छ।
संयोजक- मदन भट्टराई
सह-संयोजक- इन्दु देबि चौधरी
सन्तोष कार्की
बिनोद नेपाल
सीता श्रेष्ठ
सचिवालय सदस्य
हिक्मत खड्का
सुदेश वोस्ती
बिकास अधिकारी
राम मणि बराल
भवानी लिम्बू
मिडिया तथा सामाजिक संजाल
प्रसान्त निरौला (संयोजक)
अनन्त राम बराल
अर्जुन लिम्बू
रबिन श्रेष्ठ
जीवन तामाङ
उच्च स्तरीय अनुगमन तथा ब्यावस्थापन
राज कुमार लामा
इन्द्र माबोहाङ
तारा कुमारी राई
कुबेर पौडेल
थिर प्रसाद फुयाल
बेदेन्द्र श्रेष्ठ
मेयर तथा उप मेयर ब्यावस्थापन
शंकर राई
इन्द्र बहादुर लिम्बू
सुभद्रा भट्टराई
गोपाल नेपाली
शान्ता राई
मौसम लिम्बू
आर्थिक ब्यावस्थापन
पृथ्वी लामा(नेपाली काङ्ग्रेस)
बिनोद नेपाल(माओवादी केन्द्र)
सास्कृतिक कार्यक्रम ब्यावस्थापन
दुर्गा गौतम (संयोजक) पुर्ण खाती (सदस्य)
संयुक्त घोषणा पत्र
राम प्रसाद पौडेल (नेपाली काङ्ग्रेस) भोलानाथ पाण्डे (सदस्य)
स्वयंसेवक परिचालन
बिनोद चेम्जोङ(तरुण दल)
सागर राई(वाइसीएल)
घर दैलो कार्यक्रमको मिति र स्थान
२०७९/०१/१६ मा लेटाङ नगरपालिका वडा नम्बर-४
२०७९/०१/१७ वडा नम्बर ३ र ४ को बजार क्षेत्र भित्र
२०७९/०१/१८ वडा नम्बर ७ को विभिन्न स्थानमा
२०७९/०१/१९ बाकी रहेका विभिन्न स्थानमा कोण सभा
२०७९/०१/२० वडा नम्बर-१ को विभिन्न स्थानमा
२०७९/०१/२१ वडा नम्बर-९ को विभिन्न स्थानमा
२०७९/०१/२३ वडा नम्बर-६ को विभिन्न स्थानमा
र बाकी रहेको कार्यक्रम चुनाब प्रचार प्रसार समितिले तय गर्ने निर्णय भएको छ।
प्रकाशित मिति: २०२२-०४-२८ , समय : २३:२२:१६ , ३ वर्ष अगाडि