प्रशान्त निराैला , ८७२ पटक हेरिएको
लेटाङ १४ बैशाख । नेपाली कांग्रेसका नेता ईन्द्र माबोहाङले दर्ता गराउनुभएको मेयर पदको उम्मेद्बारी फिर्ता गर्नुभएको छ । नेपाली कांग्रेसको तर्फ बाट आधिकारिक उमेदवार लाई नगरपालिकाको मेयर जिताउनका लागि कांग्रेस एकजुट हुनुपर्ने मान्यता आफ्नो रहेको बताउदै नेता माबोहाङले आफ्नो उम्मेद्बारी फिर्ता गरेको बताउनुभएको हो ।
नेपाली कांग्रेसका जिल्ला सभापती डिग बहादुर लिम्बू सहित बसेको कांग्रेसको बैठकमा आफ्नो बिचार राख्दै नेता माबोहाङले पार्टिले आफुलाई सम्बोधन गर्न नसकेपनी कांग्रेसको शिर उच्च राख्न , लेटाङ नगरपालिकालाई समृद्ध बनाउन कांग्रेसले जित्न आवश्यक रहेकाले कांग्रेस जिताउ अभियानमा लाग्नका लागि आफुले मेयर पदमा स्वतन्त्र रुपमा दिएको उम्मेद्बारी फिर्ता गरेको बताउनुभयो ।
कांग्रेसले आधिकारिक उमेदवार बनाएका कांग्रेसका प्रभाबशाली नेता ज्ञानेन्द्र ढकालले लेटाङलाई बिकास गर्न सक्षम रहेको , जिल्ला बिकासमा सर्बदलिय संयन्त्रको संयोजक हुँदा लेटाङ , जाँते , भोगटेनी र वारङी क्षेत्रमा धेरै सहयोग पुर्याएको योगदान सम्झदै कांग्रेसको आधिकारीक उमेदवार लाई जिताउन सबै नगर बासिलाई अनुरोध गर्नुभयो ।
यता जिल्ला सभापति डिग बहादुर लिम्बुले कांग्रेस जिताउन सबै एकजुट भएर लाग्न आह्वान गर्नुभयो । उहाँले आधिकारिक उमेदवार लाई सबैले सहयोग गरेर अघि बढ्न आग्रह गर्नु भयो । कांग्रेस जित सुनिश्चित भएकाले सबैले कांग्रेस सहितको गठम्ब्धनको समुहलाई जिताएर राम्रो सन्देश दिन आग्रह गर्नुभयो ।
भोलि बाट नगरका सबै वडा , टोलमा घर दैलो गर्दै अघि बढ्ने नगर सभापति दिपक चन्द्र राईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२२-०४-२७ , समय : २०:४३:०२ , ३ वर्ष अगाडि