बिकास आचार्य , ९२० पटक हेरिएको
लेटाङ ११ बैशाख । नेकपा एमाले प्रदेश नम्बर १ ले लेटाङ नगरपालिकाको मेयरमा भुपेन्द्र लावतीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
नेकपा एमाले लेटाङले सिफारिस गरेका तिन मध्ये एमाले प्रदेश १ कमिटिले लावतीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । लावती यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि मेयर पदका उम्मेद्वार थिए । उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांंग्रेसका तर्फबाट उम्मेद्वार रहेका शंकर राईसँग मात्र ३०५ मतले पराजित बनेका थिए ।
त्यस्तै उपमेयरमा कृष्णकुमारी निरौंला पोखरेल पनि पुनः उम्मेद्वार बनेकी छिन् । निरौंला यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उपमेयर पदकी उम्मेद्वार थिइन र कांग्रेसकी उम्मेद्वार शुभद्रादेवी भट्टराईलाई १ हजार ६९ मतलले पछि पार्दै बिजयी बनेकी थिईन ।
त्यस्तै वडा अध्यक्षहरुमा एमालेले २०७४ सालको स्थानीय तहको निर्वाचन बिजयी भएका सबैलाई पुनः उम्मेद्वार बनाएको छ । एमालेले २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नम्बर १, २, ५ र ९मा बिजयी भएको थियो ।
जस अन्तरगत एमालेले १ नम्बर वडामा पुनः विष्णुकुमार मगर, २ मा पुनः तेजप्रसाद तिमिल्सिना, ३ मा डम्बर राई, ४ मा रामकुमार श्रेष्ठ, ५ मा पुनः भूमसूर्य मगर, ६ मा पूर्णबहादुर तामाङ, ७ मा खगेन्द्र लिम्बू , ८ मा दुर्गाप्रसाद पोखरेल र ९ मा पुनः एमाले लेटाङ अध्यक्ष समेत रहेका कृष्ण लुँइटेल उम्मेद्वार बनेका हुन् ।
यता कांग्रेसले भने मेयर सहित अन्य वडाहरू ३, ४, ६, ७, ८ मा बिजयी भई कार्यापालिकामा बहुमत पुर्याएको थियो । यसपटक कांग्रेसले गठबन्धन गर्ने भएको हुँदा उम्मेद्वार टुंगो लगाउन सकेको छैन् ।
तथापि मेयरमा पुुनः शंकर राई र उपमेयरमा माओवादी केन्द्रका कृृष्ण लम्साल अनन्त र नेकपा एकीकृत समाजवादीकी शान्ति पाख्र्रिन लामाको दाबी छ ।
स्रोतका अनुसार कांग्रेस मोरङ गठबन्धनको विपक्षमा रहेको हुँदा मेयर उपमेयरमा नै कांग्रेसले उम्मेद्वारी दिने जनाएको छ ।
प्रकाशित मिति: २०२२-०४-२४ , समय : १३:३९:२० , ३ वर्ष अगाडि