Enepal Patra Pvt. Ltd. , ४७१ पटक हेरिएको
काठमाडौं, ९ चैत। विराटनगरको नोबेल शिक्षण अस्पतालले पुनः इआरसीपी सेवा सुरु गरेको छ । कोरोनाका कारण दुई वर्षयता स्थगित भएको सेवा पुनः सुचारु गरेको हो ।
मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलीमा भएको पथरीया विना चिरफार निकाल्ने विधि इआरसीपी हो। इआरसीपी विधिबाट पित्त नलीको पथरीया विना चिरफार निकाल्न थालिएको अस्पतालले जनाएको छ।
सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकाल्ने गरिन्छ। ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नुपर्छ। इआरसीपी विधिमार्फत विना चिरफार मुखबाट ईण्डोस्कोप छिराएर ढुंगा निकाल्ने गरिएको अस्पतालले जनाएको छ ।
नोबेलले पूर्वी नेपालमै पहिलो पटक २०७५ सालबाट प्रयोगमा ल्याएको थियो। कोरोनाको प्रभाव घटेपछि अहिले नोबेलका डा।मोहन खड्का र डा।अमित भट्टराईसहितको टिमले पुनः इआरसीपी सुरु गरेको हो।
(महिला स्वास्थ्य वाट)
प्रकाशित मिति: २०२२-०३-२३ , समय : १४:४७:०० , ३ वर्ष अगाडि