Enepal Patra Pvt. Ltd. , ९२२ पटक हेरिएको
लेटाङ, २३ फागुन । प्रस्ताबना तथा माईन्युट लेखन तालिम लेटाङ नगरपालिकामा सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको आर्थिक सहयोगमा महिला जागरण समुहले गरेको कार्यक्रममा ३० जना महिलाहरुले सहभागिता जनाएका थिए । ५ दिन सम्म संचालन भएको तालिममा प्रस्तावना लेखन र माईन्युट लेखन बारेमा तालिम दिईएको हो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी लेटाङ नगरपालिकाका नगरप्रमुख शंकर राईले प्रस्ताबना लेखनले कार्ययोजना बनाउन सक्ने भएकाले समाज परिबर्तनमा टेवा पुग्ने बिश्वास आफुले लिएको बताउनुभयो । तालिम लिएपछि आउने कार्यक्रमहरु ब्यबस्थित हुनेमा उहाँले जोड दिनुभयो । उहाँले लेटाङका महिलाहरु जागरुक हुँदै गरेको बताउदै सबै महिलाहरुलाई समेट्ने कार्यक्रमको प्रस्ताबना ल्याउन उहाँले आग्रह गर्नुभयो । महिलाहरुको सीप , क्षमता बिकास गरि आत्मनिर्भर बनाउन लाग्न समेत उहाँले आग्रह गर्नुभयो । लेटाङको समृदिका लागि महिलाहरु एकजुट भएर बाहिर निस्किनुपर्नेमा जोड दिनुभयो ।
बिशिष्ठ अतिथी अच्युत दाहाल प्रस्ताबनाकै आधारमा कार्ययोजना , उदेश्यका आधारमा बजेट स्वीकृत हुने भएकाले अति जरुरी तालिम रहेको बताउनुभयो । प्रस्ताबनाका उत्कृष्ट कार्यक्रम बनाउने हो भने अन्तराष्टिमा समेत कार्यक्रम ल्याउन सकिने बताउनुभयो । काम चलाउ पारामा मात्र चल्न नहुने भन्दै प्रस्ताबना लेखनमा दक्ष हुन पर्नेमा उहाँको सुझाब थियो ।
वडा अध्यक्ष देबराज चाम्लिङले असल नेतृत्वले नयाँ ढङले काम गर्नुपर्ने र यसका लागि प्रस्तावना तालिम गरिएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले परिस्थिति अनुसार चल्न सक्नु मान्छेको खुबी भएकाले यसका लागि तालिम महत्वपुर्ण हुने बताउनुभयो । तालिम लिएर मात्र नहुने र ब्यबहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
समाजिक ब्यक्ति भिमा ढकालले तालिमले प्रस्ताबनाको पुर्ण प्रकृया बुझाएर महिला दिदीबहिनीहरुलाई प्रस्तावना लेख्न लाई सजिलो हुने बताउनुभयो ।
तालिमको प्रशिक्षण उत्तम श्रेष्ठले दिनुभयो । संस्थकी सचिब नैनकला ढुंगेलले संचालन गर्नुभएको कार्यक्रम संस्थाकी अध्यक्ष शान्तिकला राई बस्नेतको अध्यक्षतामा सम्पन्न भएकोे थियो ।
प्रकाशित मिति: २०२२-०३-०७ , समय : १२:५१:३३ , ४ वर्ष अगाडि