भुमिदाता टिकाप्रसाद हर्कवती चेम्जोङको सालिक अनावरण

Enepal Patra Pvt. Ltd. , ५६९  पटक हेरिएको

जाँते (माेरङ), फागुन १८ ।प्रदेश नम्बर १ का यातायात ब्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले धन हुने सबैले दान गर्न नसक्ने बताउनु भएको छ ।

लेटाङ ८ जाँते बजारमा टीकाप्रसाद हर्कवती चेम्जोङकाे शालिक अनावरण गर्दै मन्त्री घिमिरेले साे कुरा बताउनु भएको हाे ।उहाँले कीर्ति रहने गरि बजार ,गाविस र विद्यालयलाई जग्गा दान दिनु भएको बताउँदै जाँते बजार स्थापित हुनुमा चेम्जोङ परिवारकाे याेगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो । टीकाप्रसाद उहाँका सन्तानकाे मात्र बाबू नभएको उल्लेख गर्दै मन्त्री घिमिरेले जाँतेकाे बिकासमा उहाँले जग बसाएर जानू भएको बताउनुभयो ।

मन्त्री घिमिरेले प्रदेश नं. १ सरकारले यातायात क्षेत्रमा सुधारका काम सुरु गरेको बताउँदै १ नम्बर प्रदेशका ८ वटै यातायात कार्यलयबाट अनलाइन सेवा सुरु गर्ने बताउनुभयो । घिमिरेले चैत १ देखि बिराटनगरबाट,चैत १५ देखि सुनसरीबाट,बैशाख १ देखि झापाबाट ,बैशाख १५ देखि धनकुटा ,उदयपुर र इलामबाट र जेठ १ गते देखि खाेटाङबाट अनलाइन सेवा सुरु गर्ने तयारी भइरहेको बताउनु भयाे ।मन्त्रालय विभाजनकाे आलोचना भएको उल्लेख गर्दै कर्मचारीहरूले अभिभावक पाएकाे बताएकाेले मन्त्रालय विभाजन आवश्यकता फुटेको धारणा राख्नुभयाे ।

जग्गादाता चेम्जाेङ दम्पतीले जाँते बजार ,जाँते मावि , जाँते स्वास्थ्य चाैकी र तत्कालीन जाँते गाविस(हाल वडा नं.८ काे कार्यलय) निर्माण गर्न स्वर्गीय चेम्जोङ दम्पतीले साडे १२ कट्ठा जग्गा दिनु भएको थियोे । जाँते माविलाई ,वडा कार्यलय र स्वास्थ्य चाैकी साडे ७ कट्ठा एवम् जाँते बजारलाई २०४४सालमा ५ कट्ठा जग्गादान दिनुभएको थियोे ।

टीकाप्रसाद हर्कवती स्मृति प्रतिष्ठानका अध्यक्ष ओमप्रकाश चेम्जोङकाे सभापतित्वमा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका उप मेयर कृष्णकुमारी पाेख्रेल , वडा अध्यक्ष भिम प्रसाद पोख्रेल , कांग्रेसका नेता इन्द्रबहादुर मावाेहाङ,विमला राई ,नन्दप्रसाद खतिवडा लगायतले बाेल्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०३-०२ , समय : २२:४१:५५ , ३ वर्ष अगाडि