Enepal Patra Pvt. Ltd. , ७६९ पटक हेरिएको
बाह्रगोठे, ४ माघ । मोरङको लेटाङ नगरपालिका वडा नं. ९ मा एउटा गाउनै कांग्रेसमा प्रवेश गरेका छन् ।
आज वाह्रगोठेमा नेपाली कांग्रेसको टोल समिति गठन गर्ने क्रममा उक्त टोलका ७५ जना नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । एमालेका पिएम भएका ब्यक्तिहरु सहित नेपाली कांग्रेस पार्टिमा उनिहरु प्रवेश गरेको नेपाली कांग्रेस नगर सचिव सुदेश वस्तीले जानकारी दिनुभयो ।
नवप्रवेसीहरुलाई नेपाली कांग्रेस मोरङ १ का क्षेत्रिय सभापती शंकर राई, जिल्ला सदस्य नन्दप्रसाद खतिवडा, महाधिबेशन प्रतिनीधि ईन्द्र मावोहाङ,क्षेत्रिय सचिव भिम पाेख्रेल , नगरसभापती दिपकचन्द्र राई लगायतले संयुक्त रुपमा टिका तथा खादा लगायर स्वागत गर्नुभयो ।
प्रकाशित मिति: २०२२-०१-१८ , समय : ११:५३:१४ , ३ वर्ष अगाडि