Enepal Patra Pvt. Ltd. , ५७० पटक हेरिएको
हेटौंडा, २२ मंसिर । विप्लव समूहको कार्यक्रममा सहभागी हुन जान लागेका मकवानपुरका दुई विद्यालयका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मनहरी गाउँपालिका २ सीता माविका विद्यार्थीलाई इलाका प्रहरी कार्यालय मनहरी र पशुपति माविका विद्यार्थीलाई नेवारपानी प्रहरी चौकीले पक्राउ गरेको हो ।
विप्लव समूहको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले भारतले सीमा मिचेको भन्दै चितवनमा प्रदर्शन कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा सहभागी हुन मकवानपुरका दुई विद्यालयका विद्यार्थी बसमा राखेर लगिँदै थियो ।
प्रहरीका अनुसार मनहरीले नियन्त्रणमा लिएको बसमा विद्यार्थी र नेवारपानीले नियन्त्रणमा लिएको बसमा शिक्षकसहितको टोली रहेको प्रहरीको भनाइ छ ।
नेवारपानी चौकीमा सगरमाथा डिलक्सको ना ७ ख ८१६२ नम्बरको बसमा नेपाली सेनाको जस्तो पोशाक लगाएका युवा दस्तालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: २०१९-१२-०८ , समय : १३:२६:४१ , ५ वर्ष अगाडि