Enepal Patra Pvt. Ltd. , ४०४ पटक हेरिएको
काठमाडौं, १५ कात्तिक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को आरोप प्रत्यारोप जारी छ ।
प्रचण्डले चितवन पुगेर ओलीमाथि बालुवाटारमा करोडौंको बिलासी समान किनेको आरोप लगाए, लगत्तै ओलीले खण्डन गरे । चितवनबाट काठमाडौं आएका प्रचण्डले ओलीमाथि अर्को आरोप लगाएका छन्, ज्ञानेन्द्रका मान्छेहरुलाई भेटेर मौका आयो भने गणतन्त्र उल्ट्याउने हो भनेका छन् ।
सोमबार कीर्तिपुरमा आयोजित चियापान कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीले बारम्बार लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक मन नपरेको बताउने गरेको बताए ।
उनले अघि भने, ‘अस्ति त ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटेर मलाई जिन्दगीभर गणतन्त्र मन परेकै होइन । बाध्य भएर गरेको हो । मौका आयो भने उल्ट्याउने हो भनेको भन्ने सूचना मैले पाएँ ।’
प्रकाशित मिति: २०२१-११-०१ , समय : १२:२२:१९ , ३ वर्ष अगाडि