Enepal Patra Pvt. Ltd. , ५५१ पटक हेरिएको
काठमाडौं, ९ चैत्र । दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति बिद्यादेवी भण्डारी आज बंगलादेश जाँदै हुनुहुन्छ ।
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल अमिदको मैत्रीपूर्ण निमन्त्रणमा त्यसतर्फ जान लाग्नुभएको हो ।
भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच विभिन्न क्षेत्रमा समझदारी हुने छन् । सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र, कृषि तथा पशुपन्छीमा प्रयोग हुने विषादीलगायतका विषयमा छलफल हुने सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै रेल्वे, यातायात, बन्दरगाह सुविधालाई नेपालसाग जोड्ने, बंगलादेशले नेपालबाट विद्युत खरिदका लागि गरिरहेको पहलका विषयमा पनि छलफल हुनेछ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बंगलादेशका राष्ट्रपिता रहमानको सतवार्षिकी जन्म जयन्तीमा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारी बंगलादेशी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा पनि सहभागी हुनुहुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको सहिद स्मारकको भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी र एक सांस्कृतिक टोली पनि रहने छ ।
उहाँले ढाकास्थित नेपाली दूतावास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने तालिका पनि रहेको छ । राष्ट्रपति भण्डारी आगामी बुधबार स्वदेश फर्कनुहुनेछ ।
प्रकाशित मिति: २०२१-०३-२२ , समय : १०:२६:२५ , ४ वर्ष अगाडि