Enepal Patra Pvt. Ltd. , ७५१ पटक हेरिएको

काठमाडौं,२ फागुन। नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।
केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ ।
९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने पनि उसले बताएको छ ।
यसअघि प्रचण्ड-माधव समूहले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए ।
प्रकाशित मिति: २०२१-०२-१४ , समय : १४:४२:२४ , ४ वर्ष अगाडि