Enepal Patra Pvt. Ltd. , ४६६ पटक हेरिएको
लेटाङ, १७ माघ । नगर स्तरिय भलिबल प्रतोयोगितामा आयोजक त्रिबेणि युवा क्लब बगुवा बिजय भएको छ । भगवती युवा क्लब भोगटेनीलाई सोझो सेटमा आयोजकले जित हासिल गरेको हो । १२ टिमको सहभागिता भएको खेलमा आयोजकले उपाधी कब्जा गरेको हो । जित संगै नगद ३० हजार सहित ट्रफी जित हासिल गरेको छ ।
दोश्रो हुने टिम भगवतिले २० हजार र ट्रफी जितेको छ । तेश्रो भएको टिम साग्माले ७ हजार संगै ट्रफी जित हासिल गरेको छ ।
समापन कार्यक्रमलाई संबोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा लेटाङ नगरप्रमुख शंकर राईले कोभिड- १९(कोरोना भाईरस)का कारण यो बर्षका खेलहरु प्रभाबित भएको बताउनुभयो । खेल जीवन मानिसको महत्वपुर्ण अंगको रुपमा स्थापित भएकाले मानिसहरु खेल बाट बाहिर रहन नसक्ने बताउनुभयो । युवाहरुलाई अनुसाशित र स्वास्थ्य राख्नका लागि खेल अति आवश्यक भएको मेयर राईको भनाई छ । लेटाङलाई चिनाउनका लागि महिला खेलाडीहरुले ठूलो स्थान ओगटेको जानकारी गराउदै खेलाडि अगाडि बढ्नका लागि आफै लगनशिल हुन आवश्यक रहेको बताउनुभयो ।
उपप्रमुख कृष्णकुमारी निरौलाले खेलले मानशिक , शारीरिक तथा स्वास्थ्यका दृस्ठिकोणले महत्वपुर्ण हुने बताउनुभयो । देउलिङे मेलाको सम्झना स्वरुप यो खेल भैइरहेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । लेटाङ लाई खेल क्षेत्रबाट चिनाउन धेरै खेलाडिहरु प्रयासरत भएकोमा खेलाडिहरुको प्रशंसा गर्नुभयो । महिलाहरुलाई समेत खेल क्षेत्रमा उल्लेख सहभागिता गराउन आवश्यक रहेको बताउनुभयो ।
प्रमुख प्रसासकिय अधिकृत अच्युत प्रसाद दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै लुकेका प्रतिभाहरुलाई भलिबल खेलका माध्यम बाट उजागर गरिरहेकोमा खुसी ब्यक्त गर्नुभयो । खेल भनेको मनोरन्जन मात्र नभैइ शारीरिक तन्दुरुस्ती मजबुत बनाउन र मानशिक अवस्थालाई दर्बिलो बनाईराख्न महत्वपुर्ण रहने बताउनुभयो ।
प्रकाशित मिति: २०२१-०१-३० , समय : २१:४१:३५ , ४ वर्ष अगाडि