Enepal Patra Pvt. Ltd. , ६४६ पटक हेरिएको
काठमाडौँ, पुस १ गते । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न सवारी साधनमा लागू गरिएको ‘जोर बिजोर’ नियमका कारण सर्वसाधारणले सास्ती पाउने गरेका छन् । सबैजसो व्यवसाय र कार्यालय खुला भइसकेको अवस्थामा पनि सवारी साधनमा लगाइएको जोर बिजोरको नियम भने यथावत् नै छ ।
जोर बिजोर नियमको उल्लङ्घन गरेको भन्दै ट्राफिक प्रहरीले सवारी साधन नियन्त्रणमा लिई चालकलाई फिर्ता पठाइदिने गरेको छ । जोर बिजोर नियमको पालना नगरेको भन्दै दैनिक करिब एक हजार पाँच सय सवारी साधन कारबाहीमा पर्ने गरेका छन् । असोजदेखि मङ्सिर मसान्तसम्ममा एक लाख ७४ हजार सवारी साधनलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २०२०-१२-१६ , समय : ११:०२:५२ , ४ वर्ष अगाडि