Enepal Patra Pvt. Ltd. , ९५४ पटक हेरिएको
मिल्दैन आफ्नै देशमा रोजगारी
बल्न छोड्यो बिहान बेलुकी छाक
टार्ने चुल्हो ।
आवाज पस्न थाल्यो कानमा
साहुको नराम्रा शब्दहरु
चल्न छाड्यो गृहस्थ जीवन सहजै
अनि बाध्य भइ बन्न पुग्यो परदेशी
मन छैन मातृभूमि छोड्न
मन छैन पस्न बिरानो मुलुकतिर
मातापिता, परिवार, आफन्त, साथी
समाज, समुदाय, आफ्नो जन्मभूमि
मन छैन चटक्कै छाड्न
तर बेरोजगारीले बनाइदियो बन्नै पर्ने परदेशी
ढुङ्गा जस्तो मन बनाएर दुखी बन्दै
बाध्यताको माला पहिरिएर बन्दै छ परदेशी
पाइला चाल्न थाल्छ
अनि देख्न थाल्छ रङि्गन सपना
कयौं खुसीका सिंढी चड्ने
परिवारमा मुस्कान भर्ने
अार्जन गर्ने चाहे जति धन
पुरा गर्ने मनका रहर…
यही सोच्दै बन्दै छ परदेशी
कसैको पूरा भयो सपना
कोही नक्कली कागजात र दलालको फन्दामा पर्न पुगे
कति बेपत्ता हुन पुगे
सफल हुनेहरुले ठुलै जोखिम र
कष्टका साथ कमाउने छ बल्ल
अनि देश चलाउन तिर्नुपर्ने राजश्व
बाँकी रहेकोमा चित्त बुझाएर
बस्नुपर्ने परदेशी
रङि्गन सपना बोकेर परदेश पसेका
कति निर्दोष सहिद बने पराइ भूमिमा
कति कैदी भए पराइको जेलमा
कति यातनाको सिकार बने
कति फर्के स्वासबिहिन कैदी बनी बाकसमा
हे सरकार ! अब खोजी गरौं स्वदेशमा
रोजगारका बाटाहरु
बिदेशमा सबै किसिमका विकास
गर्ने ती परदेशीका हातहरुले
हाम्रो देश सुन्दर बन्छ
यही देश फूलाऔं यही देश निर्माण गरौं
आफ्नै देश बनाउँ नबनौँ परदेशी !!
तिलक थापा
अरुण गाउँपालिका
वडा नं ७ मैदाने, भोजपुर ।
प्रकाशित मिति: २०२०-१०-१९ , समय : १७:३३:०९ , ४ वर्ष अगाडि