Enepal Patra Pvt. Ltd. , ११७९ पटक हेरिएको
उदय निरौला
आषाढको ७/८गतेतिर हुनुपर्छ २०५०सालको ।धमाधम झरी परिरहेको थियोे ।बिहान सात बजेको रेडियो ,टिभिको समाचारमा सोच्दै नसोचेको मेरो नाम बोल्यो रेडियोले -“यस बर्षको प्रतिभा पुरकास्कार यस प्रतिभा पुरस्कार प्रतिष्ठान मोरङले कवि उदय निरौलाको कोलाहल पिएर नामक कविता सँग्रहलाई र खगेन्द्र प्रधानाङ्गको ….लाई सँयुक्त प्रदान गर्ने निर्णय गरिएको छ”मेरो लागि त्यो मदन पुरस्कार सरह थियोे ।त्यो बेला मेरो घरमा फोन थिएन।यो पुरस्कार घोषणा भएको सुनेर स्वर्गीय कवि तथा बगर साहित्यक पत्रिकाका सम्पादक नकुल सिलवाल र मित्र ललिजन रावल दुवैजना झरी पञ्छाउँदै ट्रली बस चडेर भक्तपुर मेरो घर सम्म आउनु भएको ऐले यस क्षण सँझिरहेको छु।मित्रहरू हर्षित र प्रफुल्लित भएको देखेर असार पनि सायद झमझम झरीमा नाचेको थियोे ।”ल उदयजी”बधाई भनेर साथीहरूले हात मिलँउदा त्यो असारको बर्षे मौसम पनि रमाएको थियो ।मित्र नकुलले भने “हेर्नुहोस यो पुर्वको मदन पुरस्कार हो,बिमल कोईराला पछि तपाईंले यो पुरस्कार प्राप्त गर्नु भयो ,चानचुने कुरा होइन अब तपाईंको नाम यत्तिले पनि नेपाली साहित्यमा अमर भयो ,अब केही नलेखे पनि “बिचरा नकुलले स्नेहकासाथ मलाई ती कुरा भनेका थिए।अनि ललिजीले “मैले त प्रकाशित हुने बित्तिकै त्यत्रा कबि साथीहरूकै अघि भनेको थिएँ नयाँ सडकको दिपक मलहोत्राको चिया पसलमा यो बानस्पातिक बिम्बको भरमार प्रयोग भएको यस सँग्रहले नेपाली साहित्यमा छुट्टै परिचय स्थापित गरेको छ कुनैनकुनै पुरस्कार यो संग्रहले पाँउछ भनेकै थिएँ ,अतिराम्रो भयो ” भनेर भन्नुभएको थियोे ।ऐले म सँझदैछु।त्यो दिन मेरालागि खुशीको दिन त थिँदै थियोे तर साथीहरू खुशी भएको देख्दा मैले मित्रहरू कमाएको रहेँछु भनेर अरू बढी खुशी भएको थिएँ।मैले त्यो पुस्तक “तत्कालीन नेपाल साहित्य गुठीले प्रकाशन गरेको भएर मैले भने “म यो पुरस्कारको आधा रकम पुरस्कार ग्रहण गरेकै बखत त्यही मञ्चबाट नेपाल साहित्य गुठीलाई दिने प्रण गर्छु”नभन्दै मैले त्यही गरेँ पनि तर दुखलाग्छ त्यसको तीन बर्ष नपुग्दै गुठी बिघटन भयो ,यसको घोषणा मित्र ललिजन रावलले नै गर्नु भयो ,मैले गुठी बिघटन नगरौँ जसरी पनि चलाँउ भनेर धेरै आग्रह गरेको थिएँ तर ललिजी मान्न तयार हुनु भएन र अन्तत त्यो गुठी भङ्ग नै भयो ।छोटो समयमा पारिजात जस्ता हस्तिहरूको पुस्तक लगायत अरु पुस्तक समेत छापेर गुठी नेपाली साहित्यमा खुट्टा दर्है टेक्न सामर्थ्य भैसकेको थियो।त्यतिबेला ललिजन रावल रेडियो नेपाल प्रवेश गरिसक्नु भएको थियो “जुवा घरबाट “भन्ने त्यो बेलाको वहाँको चर्चित कविता सँगै त्यो जागिर छाडेर।
हामी असारको त्यो दैवि प्रकोपकै बीचमा पुरस्कार ग्रहण गर्ने शिलशिलालाई लिएर मेरो आग्रह स्वीकार गरेर ललिजी र म असारे पच्चीसमा बिराटनगर पुगेका थियौं ।हामी दुई “सुराई”नामक होटलमा त्यो साँझ बाँस बस्यौं ।
भोलि पल्ट बिहान पनि झमझम पानी दर्किरहेकै थियोे ।हामीले प्रतिभा पुरस्कार प्रतिष्ठान मोरँगका प्राज्ञ स्वर्गीय नरेन्द्र चापागाईंलाई भेट्ने बिचार गरेर बसपार्क निरको सडक हुँदै नहर पारी पश्चिम तिर वहाँको घर गयौं ।हामीले वहाँलाई भेट्न गएकाले वहाँ पनि खुब खुशी हुनुभएको थियोे ।वहाँको न्यानो स्नेहकासाथ हामीले केही गफगाफ पछि भरे बिरेन्द्र सभागृहमा भेट्ने कुराका साथ वहाँसँग चियासँगै बिदा लियौँ।
२७गते भानु जयन्तीको अवशरमा त्यो पुरस्कार दिने प्रचलन अनुसार बिरेन्द्र सभाहलमा आयोजित सभामा अशेष मल्लका पिताश्रीकासाथ पुरस्कार लियौँ।मैले आधा रकम तुरुन्तै घोषणा गरेर त्यही मन्चमा तत्कालीन नेपाली साहित्य गुठीका सचिव ललिजन रावललाई प्रदान गरेँ र मेरो बाचा पुरागरेँ।
सहित्यिक समारोह समाप्त भए पछि हामी केही कविहरू कृष्ण भुषणबल,विवश पोखरेल ,मधुपोखरेल अरुकोकोका साथ गफगाफ र भलाकुसारी गरेर साँझ उहीँ सुराही होटलको आथित्य पेमेन्टमा ग्रहण गर्न पुग्यौं ।
साँझ नपर्दैे हामीलाई भेट्न चर्चित कवियत्री तथा कथाकार इन्दिरा प्रसााँई र वहाँकि बहिनी अनि सायद लक्ष्मी उप्रेतीहरू आउनुभयो ।धेरै नेपाली साहित्यका बिषयमा,बिराट नगरका साहित्यकारहरूका बिषयमा ,प्रज्ञा प्रतिष्ठान मोरँगका बिषयमा र कविता,कथा,समग्रमा नेपाली साहित्यका अनेक कुराकानीहरू भए र बिहानको चिया पिउने इन्दिरजीको निमन्त्रणाका साथ हामी छुट्टिएका थियौं ।
असार २९को बिहान हामी उठेर नित्य कर्म सकेर बाहिरीन लाग्दा प्राङ्गणमा मिलाएर काटिएको चेरीको बोटले चिरबिर चिरबिर गर्ने बटैहरु खेलाई रहेको थियो ।अनि गुलमोहरका रुखका पातहरू अनि सुकिला मीठो भाषा बोल्ने ती रातोमा निलोरङ मिसिएका सुन्दर चरीहरूले हामीलाई र सिङ्गो बिहानीको बिराटनगरलाई स्वागतको भाषा सुनाई रहेका थियो ।त्यो क्षण मैले २०३७सालको बिराटनगर अनि बिनिता पोखरेल,बिनिता पन्तहरू र कोशी प्रोजेक्टका प्राङ्गणका मलेवीजोडीहरू, गुलमोहरको रातो सजावट र मुस्कान अरुण सिनेमाहल र जोगमनिका भाकाहरू,भाषाहरू,सावित्राको मुस्कान अनि ती क्वाटरका पढाइका सुगारटान र रटानमा गिनिज बुकमानै नाम राखुँला गर्ने शेरबहादुर ढुङ्गाना ।,राधेश्याम लेकाली र उनको साईकल यात्रा सहितको मुस्कान पनि एकैक्षण सँझन पुगेको थिएँ।किशोर बयको त्यो बिराटनगर मलाई सायद किशोर भएकोले नै होला खुब मनपर्र्थ्यो।त्यतिबेला चट्ट क्वाटरबाट “तेरे नैनो सावन …मै तुलसी तेरे आँगनकी कोही नहिँ….. अनि “जिन्दगी ओर कुछुभि नहिँ….जस्ता मीठा गित गुनगुनाउने मधु पोखरेल मैले सँझन पुगेको थिएँ।मधु पोखरेल बास्तवमा राम्रा कबि त हुँदै हुन् एउटा मीठो श्वरका पनि उत्तिकै धनी थिए तर उनले गायनको प्रयास नै गरेनन् ऐले पनि उनी गजल बाचन गर्दा कति मीठो श्वरले पाठ गर्छन् त्यो २०३७सालतिर त उनी भर्खर उमेरले अठ्ठाइसे बयमा थिए तर के गर्ने उनलेे त्यो श्वरलाई पलिसनै गरेनन् । त्यो सुराही होटलको प्राङ्गणले मलाई आहा तेर्ह बर्ष पछि फर्काएको थियोे ।
हाम्रा पाइलाहरू अब मेनरोड जोगमनितिर जानेमा घस्रँदै थिए ।सुनसरी मोरङ क्याम्पस तिर जाने त्यो सडकको छेउमा हिँडेर कहिले नथाक्ने पत्रिका हातमा बोकेर अरुलाई उठाँउने अति मिहिनेती परिश्रमकि धनी लक्ष्मी उप्रेतीको बस्ने घर त्यतै रहेछ हामीलाई उनका परिश्रमी हातले चिया बनाएर पिलाएको थियो।अथक प्रयासका बनबजुद जुद्धदा जुद्धैठ र कुद्धा कुद् पनि बिराटनगरले दिनसकेनहोला मुल्य परिश्रमको अनि नै विराटनगरलाई राजिनामा गरेकीहुन् ऐले काठमाडौं तिरै बसेकी छन्।सार्है हँसिली र फर्स्याईली लक्ष्मी उप्रेती ।
।बास्तवमा बिराटनगर मलाई अति मनपर्थ्यो २०३७ताका।कहाँ ऐलेको जस्तो कागती निचोरे जस्तो फुङ्ग थियोे र रसिलो,भरिलो र कसिलो थियोे ।भक्का बेच्दै गरेका बिहानीका थारु दिदीबहिनीहरू कोशी प्रोजेक्टको बाहिरि सुकिलोसडकलाई मुस्कान र भक्काले सुसज्जित पारिरहेका हुन्थे अनि थुप्रै कर्मचारीहरूको हातमा चियाको कप र भक्काको पात हुन्थ्यो थुप्रै बिनिताहरू मुस्कानकासाथमा भक्का लिईरहेका हुन्थे त्यो जोगमुनी रोडमा सायद यही सिनेरीले कथाकार देवकी थापा त्यही रोडको पश्चिमी किनारामा हवेली बनाएर कथा लेख्थिन् होला।अनि कवि अनिरुद्र तिमल्सिनालाई त्यही सडकको वर पिपलको छहारीले मीठो बताससँगै मीठो कविता लेखाउँथ्योहोला।नाटक मञ्चनमा पारँगत भएका अशेषमल्ललाई यीनै सडकका दृश्यले सिकायोहोला नाटक।
तल भारत पस्ने नाकाका दृश्य पनि उ बेला ऐलेका जस्ता अश्लिल कहाँ थिएर थुप्रैपटक थुप्रै बौलाहाकाजीहरु ती सडकमा सपना बुन्दै हराँउदै गर्थे थापाकाजीहरूका तीन टोलियाका हवेली अनि नरिवलका पातहरूमा।कति शान्त ,स्निग्ध र सिरसिर थियोे त्यो सडक पारीबाट सपना सजाउन आएका बिहारी भैयाहरूलाई रातभरी आरामले बाँस दिन्थ्यो सडक र उनीहरू आरामले आँखा चिम्लिएर पारी फारविस गञ्ज,मोतिहारी अनि धुसामाणीका कोलाहल बिर्सन्थे।रिक्सा सजाएर”अरुण टाकिजमे नशिव नशिव दमदार फिल्म आररहाहैँ” भन्दै गुड्थे विहारी भाइहरू सडकमा र विनिताहरू कान ठाडो पार्थे।अोहो त्यो बिराटनगर पनि एकताका रारा,तिलिचो तालहरूजस्तै रमाइलो हालेर सुसाँउथ्यो सुपारीपातहरूमा ऐले झैँ चमेराहरूको हल्लाखल्ला,डोनरुपी गिद्धहरूको ढाङ्ढुङ् कहाँ थियोेर? पँञ्चायति शासशनमा शान्ति सुरक्षा कहाँ लखेटिएको थियो रअर्नार्हरू कहाँ चटारिएर कुद्नु र खुँद्नु गर्न पाँउथेर?रात जस्तै शान्त थियोे त्यो मुर्दा शान्तिले सायद कविता लेखायो
होला भानुभक्त पोखरेलहरूलाई।
यसरी पुगियो असारेझरीमा बिराटनगरमा अनि पुरस्कारको प्रमाणपत्र बोकेर पसियो भक्तपुर मित्र ललिजन रावलसँग फेरि अब ललिजनसँग कहिले बिराटनगर पुगिएला त? सोच्दै छु र सोच्दै छु नयाँ कविहरूसँग गफिने बिषयमा जोगमनि रोडमा फेरि एकपटक ।संस्मरण २०५० प्रतिभा पुरस्कार बिराटनगर
—–
प्रकाशित मिति: २०२०-०८-३० , समय : ११:२१:२३ , ४ वर्ष अगाडि