Enepal Patra Pvt. Ltd. , ११९६ पटक हेरिएको
लेटाङ १२ भदौ । लेटाङ नगरपालिका सिल गरिएको छ । लेटाङ नगरपालिकाको एक वडामा एकै परिवारका ४ जनालाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको हो ।
कन्टयाक ट्रेसिङ गर्नुपर्ने भएकाले नगरपालिकालाई सिल गरिएको हो । १६ गते सम्मका लागि नगरपालिका सिल गरिएकोे छ ।
सिल गरिएको समयमा आकस्मिक स्वास्थ्य सम्बन्धी बाहेकका सबै कार्य बन्द गरिएको नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२०-०८-२८ , समय : १६:०२:०१ , ४ वर्ष अगाडि