कानेपाेखरीमा फुड बैंक

Enepal Patra Pvt. Ltd. , ७०३  पटक हेरिएको

कानेपाेखरी,१२ भदौ । माेरङकाे कानेपाेखरीमा फुड बैंक स्थापना गरिएको छ । स्थानीय स्तरमा सामाजिक काम गरिरहेका ४ वटा संस्थाको संयुक्त प्रयासमा फुड बैंक स्थापना गरिएको हाे ।बैंक स्थापना भएपछि स्थानीय सहयोगी हातले धमाधम सहयोग गर्न थालेका छन् ।

नेपाल रेडक्रस साेसाइटी बयरवन उप शाखा ,रमाइलो जेसीज , ब्यापार प्रबन्ध समिति रमाइलो र लायन्स क्लब अफ कानेपाेखरीले संयुक्तरूपमा याे अभियान सुरु गरेका हुन् । यस अभियानमा सहभागी हुने दाताकाे नाम सार्वजनिक गरिने छ भने सहयोग लैजानेकाे तस्बिर सम्म खिच्न राेक लगाइएको छ । बैंकले अन्न लिन आउने सदस्यलाई ५ किलाे चामल,१ किलाे नुन,आधा लिटर तेल,आधा किलाे दाल र १ थान सावुन दिने कार्यक्रम संयाेजक हिमप्रसाद तिम्सिनाले बताउनुभयो ।

काेराेना कहरले उत्पन्न लकडाउनले अतिविपन्न परिवारकाे चुल्हाे बल्न छाेडेपछि स्थानीय चार वटा संस्थाले याे अभियान सुरु गरेका हुन ।

प्रकाशित मिति: २०२०-०८-२८ , समय : ०८:४६:३३ , ५ वर्ष अगाडि