Enepal Patra Pvt. Ltd. , ५८६ पटक हेरिएको

काठमान्डाै, १४ साउन । आगामी फागुन ७ देखि १० का लागि तय भएको नेपाली कांग्रेसको १४ महाधिवेसन सरगर्मी सुरु भएसँगै आकांक्षीहरु पनि अघि सर्न थालेका छन् । लामो समयपछि हुन लागेको महाधिवेशनका लागि सभापतिमा आठजना आकांक्षी अघि सरेका छन् ।
केन्द्रीय समितिले स्थानीय तहका अधिवेशनको मिति हेरफेर गर्दै सदस्यता वितरण, पुराना सदस्यता नवीकरण र त्यसका प्रक्रिया अघि बढाएसँगै पार्टीको नेतृत्व हाँक्न आकांक्षीहरूले दौडधुप सुरु गरिसकेका छन् ।कांग्रेसभित्र स्थापित रहेका गुटभित्रका समेत सभापतिको आकांक्षी भन्दै अघि बढन् थालेका छन् । हालसम्म आधिकारिक रूपमा कसैले पनि घोषणा भने गरेका छैनन् । तर पनि कांग्रेसभित्रका तीन गुटमा आठ जना आकांक्षी देखिएका छन् ।वर्तमान पार्टी सभापति शेरबहादुर देउवा आफैं पनि उम्मेदवारको आकांक्षी भएको उनी निकट नेताहरू बताउँछन् । त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको आकांक्षी रहेको उनीनिकट स्रोत बताउँछ ।पूर्वमहामन्त्री समेत रहेका नेता प्रकाशमान सिंह, महामन्त्री डा शशांक कोइराला, डा शेखर कोइराला , नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, र गगन थापाले समेत १४औं महाधिवेशनका लागि नेतृत्वका लागि आकांक्षा देखाइरहेका छन् ।
प्रकाशित मिति: २०२०-०७-२९ , समय : ११:२९:०० , ५ वर्ष अगाडि