उर्लाबारी क्वारेन्टिनमा रहेका सबैकाे रिपोर्ट नेगेटिभ

Enepal Patra Pvt. Ltd. , ८४३  पटक हेरिएको

उर्लाबारी , २१ जेठ । मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका सबै २७ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको छ ।
१४ दिन क्वारेन्टिनमा बसेका २७ जनाको स्वाव परीक्षणबाट नेगेटिभ आएको स्वास्थ्य शाखाका सह–संयोजक सुरेश खड्काले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागो, उपमेयर लक्ष्मीदेवी भण्डारी, उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, ८ नम्बरका वडाध्यक्ष कुलबहादुर कार्कीलगायतले विदाई गर्नुभयो । कार्यक्रममा बोल्दै मेयर फागोले सम्पूर्ण उर्लाबारीबासीलाई सचेत रहन आग्रह गर्नुभएको छ । कोरोना भाइरसको संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सामाजिक दुरी कायम गर्न र भिडभाडमा अनिवार्य माक्सको प्रयोग गर्न नगरबासीलाई अपिल पनि गर्नुभएको छ । मेयर फागोले १ सय जनाको आरडिटी र ६६ जनाको स्वाव परिक्षण गरिएको जानकारी दिनुभयो ।
क्वारेन्टिन ब्यवस्थापन समितिकी संयोजकसमेत रहनु भएकी उपमयेर भण्डारीले १४ दिन नगरपालिकाको क्वारेन्टिनमा बसेकाहरुलाई एक हप्ता होम क्वारेन्टिनमा बस्न आग्रह गर्नुभयो । उहाँले कोरोना भाइरसको संक्रमण हालसम्म उर्लाबारीमा नदेखिएको भएपनि सबै सचेत रहनु पर्ने बताउनुभयो । २७ जनालाई नै नगरपालिकाको एम्बुलेन्समार्फत घरघर पु¥याइएको छ ।

प्रकाशित मिति: २०२०-०६-०३ , समय : २०:४४:४५ , ५ वर्ष अगाडि