Enepal Patra Pvt. Ltd. , ९०४ पटक हेरिएको

एजेन्सी १९ फागुन । तय भएका विवाह तोडिएका कैयौं घटनाहरु हामीले देखेका छौं । विभिन्न कारणहरुले बिहे तोडिएका घटनाहरु भइरहन्छन् ।
यस्तैमा भारतको तेलंगनामा एउटा निकै रोचक घटना भएको छ । यहाँ बिहे चलिरहेका बेला मण्डपमा बसेकी बेहुलीले आफ्ना पूर्वप्रेमीलाई देखेपछि बिहे गर्न अस्वीकार गर्दै मण्डल छाडेर हिँडेकी छिन् ।
घटना तेलंगनाको वानापार्टी जिल्लाको चारलापल्ली गाउँको हो । बेहुली विवाहको मण्डपमा बसेकी थिइन् । विवाहको कार्यक्रम चलिरहेको थियो । जब बेहुलाले मंगलसूत्र लगाइदिनै थालेका थिए त्यही बेला बेहुलीले बिहे गर्न अस्वीकार गरिन् । बेहुलीले आफ्नो बिहे कार्यक्रम चलिरहेका बेहुलासँग बिहे गर्न नचाहेको बताइन् ।
जानकारीका अनुसार बिहे चलिरहेका बेला बेहुलीले आफ्ना पूर्वप्रेमी पनि त्यिहाँ आएको देखेकी थिइन् । त्यसपछि बेहुलीले बिहे गर्न अस्वीकार गरिन् ।
बिहेमा आएका आफन्तले उनलाई आवेशमा फैसला नगर्न भने तर बेहुली आफ्नो फैसलाबाट पछि हटिनन् । आफन्तहरुको दबाब देखेपछि बेहुली मण्डपबाटै उठेर हिँडिन् ।
बेहुलीका परिवारका अनुसार उनका पूर्वप्रेमी विवाहस्थलमा देखिएका थिए जसलाई देखेपछि बेहुलीले बिहे गर्न अस्वीकार गरेकी थिइन् ।
प्रकाशित मिति: २०२०-०३-०२ , समय : १७:१४:१२ , ५ वर्ष अगाडि