बिराटनगरमा भेटियो प्लास्टिकको चामल

Enepal Patra Pvt. Ltd. , ११४१  पटक हेरिएको

बिराटनगर १३ माघ । पछिल्लो समय बेला बेलामा प्लस्टिकको चामल पाइने गरेको बजारमा सुनिन्छ । मोरङ बिराटनगर १३ का सुरेन्द्र महतो र सुवास मल्लिकले खाना बनाउनका लागि पसलबाट किनेर ल्याएको चामल पनि प्लास्टिकको भएको बताएका छन् ।

शुक्रबार बिराटनगर स्थित किराना पसलबाट ल्याएको ५ केजी चामल प्लास्टिकको भएको सुरेन्द्रले बताए । पसलको नाम आफुलाई थाहा नभएको तर इन्डिया गेट नामको चामलको बोराबाट पसलेले चामल दिएको सुरेन्द्रको भनाइ छ । भात खादा प्लस्टिकको भएको शंका लागेपछि डल्लो बनाएर भूइमा हान्दा क्रिकेट बल जस्तै उफ्रिने भएको सुवासले बताए । कहिलेकाँही समाचारमा सुनेको मात्रै भएतापनि अहिले आफैलाई प्लास्टिकको चामल पर्दा छक्क परेको सुवासले बताए । प्रति के।जी १६० रुपैयामा किनेको चामल प्लास्टिकको परेको सुवासले बताए ।

प्रकाशित मिति: २०२०-०१-२७ , समय : ०६:२३:४३ , ५ वर्ष अगाडि