Enepal Patra Pvt. Ltd. , ४९८ पटक हेरिएको
पाल्पा,१२ माघ । नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उहाँको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिनुभयो । उहाँले मिर्गौलाको डायलायसिस गराउँदै आउनुभएको थियो ।
पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मनुभएका उहाँ विसं २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं २०५१ देखि २०५६ सम्म उहाँले काँग्रेस पाल्पाको जिल्लासभापतिको जिम्मेवारी वहन गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२०-०१-२६ , समय : १०:०३:५९ , ५ वर्ष अगाडि