आज दिनभरि नै पानी र हिउँ पर्ने, भाेलिदेखि माैसममा सुधार हुने

Enepal Patra Pvt. Ltd. , ७४०  पटक हेरिएको

काठमाण्डाै ३ माघ । अहिले देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ ।

वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि भइरहेको वर्षा र हिमपात शुक्रबार दिनैभरि रहने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनु भयो ।

उहाँका अनुसार शुक्रबार पनि दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ ।

शनिबार दिउँसोदेखि भने मौसममा सुधार हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२०-०१-१७ , समय : ०७:१५:४८ , ५ वर्ष अगाडि