Enepal Patra Pvt. Ltd. , ६३९ पटक हेरिएको
पोखरा,२ माघ। पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिनु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले बिहिबार बिहान ९ बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिनु भएको हाे ।
हस्पिटलका डा . महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार सन्तान जन्माएको मणिपाल अस्पतालमा पुस्तकालयमा कार्यरत खिम लामिछानेले जानकारी दिनुभयाे ।
पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् ।
डाक्टर पाण्डेका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ । तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ । यसअघि पौडेलका एक छोरा छन् ।
प्रकाशित मिति: २०२०-०१-१६ , समय : २१:००:५१ , ५ वर्ष अगाडि