समाजवादी मोर्चाको बैठक बस्दै

ईनेपालपत्र , १२  पटक हेरिएको

काठमाडौं, २७ फागुन। समाजवादी मोर्चाको बैठक आज बस्दैछ । प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे मंगलबार बस्ने बैठकले निर्णय लिने मोर्चाले जनाएको छ ।

सोमबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको अनौपचारिक छलफलले आज ४ बजे बस्ने बैठकले आन्दोलनको घोषणा गरिने निर्णय गरेको थियो ।

मोर्चाका संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द काठमाडौं बाहिर भएकाले सोमबार ठोस निर्णय नभएको कार्यदलले जनाएको छ ।

साथै सोमबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पनि पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताको प्रतिरोध गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २०२५-०३-११ , समय : १५:०५:१५ , १८ घन्टा अगाडि