ईनेपालपत्र , २७ पटक हेरिएको

काठमाडौं, २१ फागुन। नेकपा (माओवादी केन्द्र) को पदाधिकारी आज बस्दैछ । बैठक बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने भएको हो ।
सरकारले सदनमा पेस गर्न लागेको अध्यादेश, तराई मधेस जागरण अभियानलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
यसअघि सोमबार बसेको बैठकमा अभियान र पछिल्लो राजनीतिबारे समीक्षा भएको थियो । आजको बैठकमा सुदूरपश्चिम माओवादी संसदीय दल विवाद सम्बन्धमा पनि निर्णय हुन सक्ने जनाइएको छ ।
प्रकाशित मिति: २०२५-०३-०५ , समय : ०९:५४:१६ , १ महिना अगाडि