मिक्लाजुङ गाउँपालिकाबाट लेखा अधिकृत बास्तोलाको विदाई

इनेपालपत्र , ४२  पटक हेरिएको

लेटाङ, २४ माघ । मिक्लाजुङ गाउँपालिकाका लेखा अधिकृत सुशील बास्तोलाले कोशि प्रदेशमा उपसचिव तहमा नाम निकालेपछि गाउँपालिकाले उहाँको सम्मानमा बिदाई कार्यक्रम आयोजना गरेको छ। गाउँपालिकामा लामो समयसम्म वित्तीय प्रशासनको जिम्मेवारी सम्हाल्दै उत्कृष्ट कार्यसम्पादन गर्नुभएका बास्तोलाको प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा उपसचिव पदमा जिम्मेवारी सहित सरुवा भएको हो।

विदाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बबिकुमार राई, उपाध्यक्ष दिनेश पौडेल, प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर लगायत जनप्रतिनिधि तथा कर्मचारीहरू उपस्थित थिए। वक्ताहरूले बास्तोलाको निष्ठा, इमान्दारिता र प्रभावशाली व्यवस्थापन क्षमताको खुलेर प्रशंसा गरे।

बास्तोलाले २०८१ माघ १० गतेदेखि प्रदेश सरकारअन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयमा आफ्नो जिम्मेवारी सम्हाल्नु भएको छ।
गाउँपालिकामा बिताएको समय अविस्मरणीय रहेको बताउँदै, उहाँले सबै सहयोगी हातहरूप्रति आभार व्यक्त गर्नुभयो। साथै, मिक्लाजुङ गाउँपालिकाको समृद्धिका लागि भविष्यमा पनि आफ्नो सहयोग र सद्भाव निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो।

प्रकाशित मिति: २०२५-०२-०६ , समय : ०७:२२:०२ , १ महिना अगाडि