ईनेपालपत्र , ७ पटक हेरिएको
लेटाङ, २४ पुस — खोटाङ लेटाङ सेवा समाज लेटाङको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन आज मिति २०८१ साल पुस २४ गते समाजको कार्यालय, लेटाङ–४, मोरङमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतिले गर्नुभएको थियो। प्रमुख लावतिले संस्थाले लेटाङको सामाजिक एकता र प्रगतिमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि समाजले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा पूर्व नगरप्रमुख शंकर राई, वडा नं. ४ का अध्यक्ष रामकुमार श्रेष्ठ, कार्यपालिका सदस्य अमिता राई, र नेपाली कांग्रेस नगर सभापति दीपक चन्द्र राईलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष बुद्धि चाम्लिङले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै खोटाङमा जन्मिएर लेटाङलाई कार्यथलो बनाउने सबैलाई समाजमा एकजुट भई योगदान पुर्याउन आह्वान गर्नुभयो। उहाँले लेटाङमा स्थापित सबै संस्थालाई लेटाङकै सम्पत्ति मान्दै तिनको संरक्षण र प्रोत्साहनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रम सचिव रामकुमार राई र सदस्य रत्नकुमारी राईले सञ्चालन गर्नुभएको थियो।
अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। समितिमा अध्यक्ष बुद्धि चाम्लिङ, उपाध्यक्ष शान्तिकला राई, सचिव रामकुमार राई, कोषाध्यक्ष धनप्रसाद राई, सहसचिव मायाँदेवी राई रहेका छन्। सदस्यहरूमा गोविन्द राई, चक्रप्रसाद आचार्य, मैयादेवी राई, मनोज राई, रमन राई, किसान राई, जञ्ज व. राई, राजकुमार राई, र नैनकला राई रहेका छन्।
कार्यक्रमले संस्थाको आगामी योजना र गतिविधिहरूलाई प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गर्दै सहभागितामूलक विकासलाई प्राथमिकता दिने निर्णय गरेको छ।
कार्यक्रममा सहभागी अतिथिहरूले संस्थाले सामाजिक सद्भाव र सहकार्यको मर्मलाई अघि बढाएको उल्लेख गर्दै यस्ता गतिविधिले समाजको विकासलाई थप गति दिने विश्वास व्यक्त गरेका थिए।
प्रकाशित मिति: २०२५-०१-०८ , समय : १७:१३:०७ , २१ घन्टा अगाडि