माओवादी केन्द्रिय समितिः प्रचण्डको प्रतिबेदन माथी छलफल सुरू

ईनेपालपत्र , १६  पटक हेरिएको

काठमाडौं, २२ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठकमा छलफल सुरू भएको छ ।

हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू भएको केन्द्रिय समिति बैठक आजबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिबेदन माथी छलफल सुरू भएको हो ।

केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन ।

सो अघि बिहान ८ः०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रिय समितिका अजेन्डा र बैठक सञ्चालन बिधि तय गरेको थियो । आजवाट केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम सुरू हुनेछ ।

बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०१-०६ , समय : १३:२७:०९ , २ दिन अगाडि