ईनेपालपत्र , १३ पटक हेरिएको
काठमाडौं, २१ पुस । सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक सुरू भएकाे छ ।
गत पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ ।
बैठक बिहान ११:०० बजेवाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरू भएकाे हाे ।
च्यासलस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले पुस २१ र २२ गते बस्ने भनिएको केन्द्रीय समिति बैठकका अजेन्डा पनि तय गरेको थियो ।
जसअनुसार आजको बैठकमा पेश गरिने राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको छ ।
साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने बिषयमा केन्द्रिय सदस्यले आ–आफनो धारणा राख्नेछन् ।
प्रकाशित मिति: २०२५-०१-०५ , समय : १२:२५:२७ , २ दिन अगाडि