प्रशान्त निरौला , १९ पटक हेरिएको
मोरङ, १७ पुस ।मोरङको सुन्दरहरैचामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको समाचार सेलाउन नपाउँदै झापामा फेरि यस्तै घटना दोहोरिएको छ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–५ मा सोमबार साँझ डिपु चोक नजिकको जंगलमा दाउरा लिन गएकी ६० वर्षीया चन्द्रकला लिम्बुको हात्तीको आक्रमणबाट ज्यान गएको थियो।
यस्तै, आज १७ पुसमा झापाको कचनकवल गाउँपालिका–७ तारावनास्थित दीपज्योति सामुदायिक वनमा दाउरा खोज्न गएकी ३५ वर्षीया केलावती राजवंशीको ज्यान पनि हात्तीको आक्रमणबाट गयो।
लगातार हात्ती आतंकका घटना भइरहेकाले स्थानीयवासी त्रसित छन्। वन क्षेत्रमा सुरक्षा र हात्ती नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवाज चर्को हुँदै गएको छ। वन कार्यालय र सुरक्षा निकायले हात्ती नियन्त्रणका प्रयास नगरेकाले जनजीवन प्रभावित भइरहेको छ।
प्रकाशित मिति: २०२५-०१-०१ , समय : २१:२०:४४ , ३ दिन अगाडि