विराटनगरमा फोर नेसन्स्, इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसको नयाँ शाखा संचालनमा

इनेपालपत्र , ९१  पटक हेरिएको

विराटनगर, ८ पुस। विराटनगरको ट्राफिक चौकमा फोर नेसन्स्, इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसको शाखा कार्यालय संचालनमा आएको छ। यो शाखा संस्थाको नेपालभित्रको नवौं शाखा हो।

फोर नेसन्स्, इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसको मुख्य कार्यालय अष्ट्रेलियाको सिड्नी र काठमाडौंको पुतलीसडकस्थित स्टार मलमा रहेको छ। विदेश अध्ययनका लागि गुणस्तरीय परामर्श दिने उद्देश्यले विराटनगर शाखा सुरु गरिएको शाखा प्रमुख विवेक बिमलीले जानकारी दिए।

विद्यार्थीलाई लाभदायक केन्द्र
अष्ट्रेलियाको सिड्नी शाखा प्रमुख विलियम एनरिक डियाजका अनुसार, विराटनगर शाखाको संचालनले कोशी प्रदेशका विद्यार्थीलाई विदेशी उच्च शिक्षा प्राप्त गर्न मार्गदर्शन गर्नेछ। डियाज पेशाले वकिल तथा प्रोफेसर हुन्। उनले शाखा उद्घाटन समारोहमा विद्यार्थीलगायत अभिभावकलाई संस्थाबाट अधिकतम लाभ लिन आग्रह गरे।

संस्थापक कोमलराज पाठकले यस शाखाबाट कोशी प्रदेशका धेरै विद्यार्थी लाभान्वित हुने विश्वास व्यक्त गरे। संस्थाले अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका र युरोपका देशहरूमा विद्यार्थीलाई अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको छ।

शाखा विस्तारमा स्थानीय नेतृत्व
विराटनगर शाखाका मेनेजिङ डाइरेक्टर रञ्जन चौलागाईंले फोर नेसन्स्, इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिस विश्वसनीय परामर्श केन्द्रको रूपमा परिचित रहेको बताए। हाल संस्था आठ देशमा विस्तार भएको र विराटनगर शाखाबाट सेवा सुरु भइसकेको जानकारी पनि उनले दिए।

शाखा कार्यालयको उद्घाटनले क्षेत्रीय विद्यार्थीहरूलाई विदेश अध्ययनको लागि सहज अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: २०२४-१२-२४ , समय : ०८:३५:१९ , २३ घन्टा अगाडि