पुजा कोठा बाट सल्केको आगो बाट घर जलेर नष्ट, पीडितलाई राहत वितरण

ईनेपालपत्र , ९  पटक हेरिएको

लेटाङ, ८ पुस । मोरङ जिल्लाको लेटाङ नगरपालिका वार्ड नम्बर ६ र ३ को सिमानामा पर्ने कपुर्थान क्षेत्र दक्षिणतर्फ रहेको सानन्ती लिम्बूको घर शनिबार राति करिब ९ बजे आगलागीका कारण पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलागीको कारण पूजा कोठाबाट सल्केको आगो ग्यास सिलिन्डरमा फैलँदा सिलिन्डर पड्किएर थप विनाश भएको बताइएको छ। घटनाले सानन्ती लिम्बूको सम्पूर्ण घरायसी सामग्री, लत्ताकपडा, र अन्य महत्त्वपूर्ण सामग्री पूर्ण रूपमा नष्ट गरेको छ।

पीडित परिवारलाई सहयोग गर्न लेटाङ उद्योग वाणिज्य संघको तर्फबाट केही राहत सामग्री वितरण गरिएको छ। संघका पदाधिकारीहरूले घटनास्थलमा पुगेर पीडित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्य वस्तु, त्रिपाल, र अन्य सामग्री उपलब्ध गराएका छन्।

त्यसैगरी, नेपाल रेडक्रस सोसाइटीले पनि पीडित परिवारलाई राहत वितरण गरेको छ।
सस्थानीय बासिन्दा र सरोकारवाला निकायहरू मिलेर पीडित परिवारलाई थप सहयोगको लागि आग्रह गरिरहेका छन। लेटाङ नगरपालिका, वार्ड कार्यालय, अन्य सामाजिक संघसंस्थाहरूले राहत र पुनर्स्थापनाका लागि थप सहयोग जुटाउन आह्वान गरेका छन्।

प्रकाशित मिति: २०२४-१२-२३ , समय : १७:४८:३१ , ४ घन्टा अगाडि