ईनेपालपत्र , ४३ पटक हेरिएको
शेरबहादुर राई
ओखलढुङ्गा, २० मङ्सिर । ओखलढुङ्गामा एक आर्थिक वर्षको अवधिमा ६१ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ओखलढुङ्गाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक समीक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।
जिल्लामा सन् २०२४ को जनवरी १ देखि डिसेम्बर ३ सम्म १२ महिनाको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ६१ वटा घटनाबाट ६२ जना पीडित भएको इन्सेक जिल्ला प्रतिनिधि सरस्वती बानियाँले बताउनुभयो । घरेलु हिंसा २५, बलात्कार २४, यौन दुर्व्यवहारका दुई, हत्या पाँच, कुटपिट र यातनाका तीन, आत्महत्या दुरुत्साहनका एक र जातिय विभेदको एक गरी ६१ वटा मानवअधिकार उल्लङ्घन घटना भएको बानियाँले जानकारी दिनुभयो ।
मानव अधिकार उल्लङ्घनका घटनामा सबैभन्दा धेरै महिला पीडित भएका छन् । ६१ वटा घटनामध्ये चार जना मात्रै पुरुष पीडित छन् भने ४४ जना महिला, १० जना बालिका र चार जना बालक पीडित भएका छन् । इन्सेकको दायरालाई फराकिलो बनाएर घटनालाई उजागर गर्नेसँगै न्यायिक निकायसम्म घटनाहरुलाई पुर्याउन सहयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी डा। नारायण ढकालले धारणा राख्नुभयो ।
मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरणका लागि जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाज, पत्रकार, मानव अधिकारकर्मी लगायतले गम्भीर चासो दिन आवश्यक रहेको बताइएको छ ।
गाेरखापत्र अनलाईन वाट
प्रकाशित मिति: २०२४-१२-०५ , समय : १०:५७:२२ , ३ हप्ता अगाडि