प्रधानमन्त्रीलाई ज्वरो आएपछि भेटघाट स्थगित

ईनेपालपत्र , ४०  पटक हेरिएको

काठमाडौँ, २० कात्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि उहाँले नियमित भेटघाट कार्यक्रम स्थगित गर्नुभएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार सामान्य ज्वरो आएका कारण मङ्गलबार अत्यावश्यकबाहेक अन्य भेटघाट र कार्यक्रम प्रधानमन्त्रीले स्थगित गर्नुभएको हो। उहाँ अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुावटारमा आराम गरिरहनुभएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक सिलवालले भन्नुभयो, ‘‘सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन। उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ।’’

प्रकाशित मिति: २०२४-११-०५ , समय : १६:२१:०३ , २ महिना अगाडि