कलंकीको गेष्ट हाउसमा युवती मृत फेला

ईनेपालपत्र , १३४  पटक हेरिएको

काठमाडौँ, ७ कार्तिक। काठमाडौँको कलङ्कीस्थित गण्डकी गेष्ट हाउसमा एक युवती मृत भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–२१ जैसीदेवल घर भएकी २९ वर्षीया कञ्चन गौतम गेष्ट हाउसको कोठा नम्बर–२०३ मा मृत फेला परेकी हुन् ।

मृतकले क्युटिपिम आर–३०० नामको ७० ट्याब्लेट औषधी सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानबाट औषधीको ओभरडोजबाट मृत्यु भएको देखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

असोज ५ गते साँझ उनी सो गेष्ट हाउसमा बस्न गएकी हुन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

प्रकाशित मिति: २०२४-१०-२३ , समय : १७:०२:३४ , २ महिना अगाडि