लेटाङ नगरपालिकामा डेंगु प्रकोप: नगरबासी चिन्तित

ईनेपालपत्र , ८१  पटक हेरिएको

लेटाङ, ५ साउन । लेटाङ नगरपालिकामा डेंगु प्रकोपले दिन प्रतिदिन भयावह रूप लिँदै गएको छ। यस समस्याले नगरबासीलाई ठूलो चिन्ता र भयमा पारिरहेको छ। तर, यस गम्भीर विषयमा लेटाङ नगरपालिका ध्यान नगएको आरोप लागिरहेको छ । यो संवेदनशील रोगले देशका विभिन्न जिल्लामा धेरैको ज्यान लिईसकेको छ। त्यसैले, यस समस्याप्रति नगरपालिकाको ढिलासुस्तीले नगरबासीहरूमा गम्भीर चिन्ता र ध्यानाकर्षण जनताले गरिरहेका छन् ।
सामाजिक सञ्जालमा डेंगु रोकथाममा ढिलाइ किन भइरहेको छ भन्ने प्रश्नहरू उठिरहेका छन्। निर्वाचित जनप्रतिनिधिहरूलाई नगरबासीहरूको स्वास्थ्यप्रति गम्भीर भएर काम गर्न अनुरोध गर्दै जनताले नगरपालिका संग डेंगु प्रकोपको रोकथामका लागि तत्काल सफाइ अभियान, स्वास्थ्य शिक्षा कार्यक्रम, औषधि छर्कने अभियान, नियमित निरीक्षण, र स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता देखाईरहेका छन ।
लेटाङ नगरबासीहरूले नगरपालिकासँग जटिल समयमा जनताको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै कदम तुरुन्त चाल्न र नगरपालिकाले नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि सतर्कता अपनाएर डेंगु प्रकोपको रोकथाममा ध्यान दिन जरुरी रहेको बताईरहेका छन्।
यस महत्वपूर्ण समयमा, नगरबासीहरूको जीवन र स्वास्थ्यलाई सुरक्षित राख्नका लागि नगरपालिकाको सक्रियता र तत्परतामा भर पर्दछ। नगरपालिकाले यो चुनौतीपूर्ण समयमा जनताको विश्वास जित्न सक्नुपर्दछ। लेटाङ नगरपालिकाले तत्काल ठोस कदम चालेर नगरबासीको स्वास्थ्य सुरक्षामा आफ्नो कर्तव्य पूरा गर्नुपर्छ।
डेंगु एक भाइरल रोग हो जसलाई एडिस एजिप्टी र एडिस एल्बोपिक्टस जातका लामखुट्टेहरूले सार्दछन्। डेंगुको प्रमुख लक्षण उच्च ज्वरो हो, जुन एक्कासी सुरु हुन्छ र २-७ दिनसम्म रहन सक्छ। बिरामीको टाउकोको अगाडि भागमा गम्भीर दुखाइ हुन्छ,आँखा वरिपरि दुखाइ, विशेष गरी आँखाको पछाडि हुने दुखाइ,मांसपेशी र जोर्नी दुख्ने: शरीरका मांसपेशी र जोर्नीमा गहिरो दुखाइ,थकान र कमजोरी: अत्यधिक थकान र कमजोरी महसूस हुन्छ, शरीरमा रातो धब्बाहरू देखा पर्न सक्छ, वमन (बान्ता) र पेट दुखाइ, गम्भीर अवस्थामा, नाक, गिजा, वा छालाबाट रक्तस्राव हुन सक्छ। कहिलेकाहीं डेंगुको लक्षणहरू केही हप्ता वा महिनासम्म पनि रहन सक्छ।
डेंगु संक्रमणको लक्षण देखिएमा तत्काल चिकित्सकको सल्लाह लिनु आवश्यक छ। उचित उपचार र हेरचाहले डेंगु संक्रमणबाट हुने जटिलताहरूबाट जोगिन मद्दत गर्दछ।

प्रकाशित मिति: २०२४-०७-२० , समय : १०:४९:१० , ६ महिना अगाडि