इनेपालपत्र , ८८ पटक हेरिएको
लेटाङ, २७ असार । लेटाङ नगरपालिकाको सहकारी समन्वय समितिले स्थानीय सहकारी संस्थाहरूको सुशासन र प्रभावकारिता बढाउन १० बुँदे घोषणा पत्र जारी गरेको छ। गत असार २९ गते जारी गरिएको यो घोषणा पत्रले सहकारी क्षेत्रमा देखिएका समस्याहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।
प्रमुख घोषणाहरूमा वित्तीय जोखिम न्यूनीकरण, गैरकानूनी सञ्चालन रोक्ने, र ऋण व्यवस्थापनमा कडाइ गर्ने जस्ता विषयहरू समावेश छन्। विशेष गरी, ऋण नतिर्ने सदस्यहरूलाई पालिकाबाट प्रदान गरिने सेवा–सुविधामा रोक लगाउने जस्ता कडा कदमहरू समेत प्रस्तावित गरिएको छ।
साथै, बाहिरी जिल्लाका सहकारीहरूको स्थानीय शाखाहरूलाई कडाइका साथ नियमन गर्ने र आवश्यकता अनुसार बन्द गर्न निर्देशन दिइएको छ। समितिले सहकारी संस्थाहरूको क्षमता अभिवृद्धि र प्रभावकारी सेवा प्रदानमा जोड दिएको छ।
सहकारी समन्वय समितिका सचिव नरेन्द्र प्रसाद भिमिरे र अध्यक्ष गोपाल बारकोटीले हस्ताक्षर गरेको यस घोषणा पत्रले लेटाङको सहकारी क्षेत्रलाई थप व्यवस्थित र जवाफदेही बनाउने अपेक्षा गरिएको छ।
यो कदमले लेटाङमा सहकारी क्षेत्रको सुधार र वित्तीय अनुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
प्रकाशित मिति: २०२४-०७-११ , समय : १९:२१:०२ , ६ महिना अगाडि