इनेपालपत्र , १५७ पटक हेरिएको

केराबारी, २४ असार । केराबारी गाउँपालिकाको ९ नं वडा कार्यालय र वडा शिक्षा समितिको संयुक्त आयोजनामा शिक्षा संवाद कार्यक्रम सम्पन्न भएको छ। आईतबार वडा अध्यक्ष गोपाल राई (याक्खा)को अध्यक्षतामा आयोजित यस कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाविद्, विद्यार्थी र अन्य सरोकारवालाहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वडा सदस्यद्वय सुमन ढकाल र हिमादेवी लिम्बू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु, शिक्षकहरु, स्थानीय पत्रकार, विद्यार्थीहरु र कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न शैक्षिक गतिविधिहरु सञ्चालन गरिएको थियो। यस अवसरमा स्थानीय शिक्षाको गुणस्तर सुधार, शैक्षिक चुनौतीहरुको समाधान र भावी योजनाहरुबारे छलफल भएको जानकारी प्राप्त भएको छ।
यस प्रकारको संवाद कार्यक्रमले स्थानीय तहमा शिक्षाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०२४-०७-०८ , समय : १५:२०:२९ , १० महिना अगाडि