कानेपोखरी गाउँपालिकामा प्रदेश सरकारसँग सहकार्य सम्बन्धी छलफल

ईनेपालपत्र संबाददाता , ९१  पटक हेरिएको

कानेपोखरी २२ असार । कानेपोखरी गाउँपालिकामा शनिवार एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष राजमति इङ्गनामको अध्यक्षतामा आयोजित यस बैठकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय राम बहादुर मगरको प्रमुख आतिथिको रुपमा उपस्थिति रहेको थियो ।
बैठकको मुख्य उद्देश्य गाउँपालिका र प्रदेश सरकारबीचको सहकार्य सम्बन्धमा छलफल तथा अन्तरक्रिया गर्नु रहेको थियो। यस अवसरमा दुवै पक्षबीच विकास योजना, आर्थिक सहयोग र अन्य महत्वपूर्ण विषयहरूमा विचार-विमर्श भएको थियो ।

उपाध्यक्ष भोला प्रसाद अधिकारीले प्रदेश सरकार सङको सहकार्यमा कानेपोखरीमा बिकासमा फड्को मार्न सकिने बताउनुभयो ।
गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिरा यादवले यस बैठकको बारेमा जानकारी दिँदै यसको महत्व र सम्भावित परिणामहरूबारे प्रकाश पार्नुभएको छ ।
यस प्रकारको संवाद र सहकार्यले स्थानीय र प्रादेशिक सरकारबीचको समन्वय बढाउन र विकास कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यस बैठकले कानेपोखरी गाउँपालिकाको विकासमा नयाँ अध्याय थप्ने र प्रदेश सरकारसँगको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०२४-०७-०६ , समय : २१:३६:४० , ६ महिना अगाडि