इरानको परमाणु भट्टी नजिकै भूकम्प

Enepal Patra Pvt. Ltd. , ५४३  पटक हेरिएको

एजेन्सी २३ पुस  । इराकस्थित अमेरिकी हवाई बेसमा भएको क्षेप्यास्त्र आक्रमण गरेर विश्वभर तहल्का मच्चाइरहेको बेला इरानमा भूकम्प गएको छ ।

बुसेहर परमाणु भट्टी नजिकै भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । अमेरिकी जियोलोजिकल सर्भे ९युएसजीएस० का अनुसार बोराजानबाट १० किलोमिटर दक्षिणपूर्व केन्द्रविन्दु भएर ४।९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको बताइएको छ ।

बोराजान बुसेहरबाट ७० किलोमिटर टाढा रहेको छ ।

भूकम्प स्थानीय समयअनुसार विहान ३ बजेर १९ मिनेटमा गएको थियो ।

भूकम्पको केन्द्रविन्दू र यसको गहराइले यो प्राकृतिक विपदा भएको र अमेरिकी बेसमा भएको हमलामा यसको कुनै सम्बन्ध नरहेको एक्सप्रेस डट युकेले जनाएको छ । भूकम्पबाट भट्टीमा कुनै क्षति नपुगेको बताइएको छ ।

गत डिसेम्बरमा यही क्षेत्रमा भूकम्प गएको थियो ।

प्रकाशित मिति: २०२०-०१-०८ , समय : १२:५१:१४ , ५ वर्ष अगाडि