कानेपोखरी गाउँपालिकाको आयोजनामा ५९ औं अन्तरास्ट्रिय जातिय भेदभाव तथा रंगभेद उन्मुलन दिवस कार्यक्रम सम्पन्न्न

ईनेपालपत्र संबाददाता , १७६  पटक हेरिएको

दिपेश रोक्का / कानेपोखरी
कानेपोखरी , ८ चैत्र । मोरङको कानेपोखरी गाउँपालिकाको आयोजनामा ५९ औं अन्तरास्ट्रिय जातिय भेदभाव तथा रंगभेद उन्मुलन दिवस कार्यक्रम सम्पन्न्न भएको छ ।

सिकौ , आवाज उठाऔ , कार्य गरौ भन्न्ने नाराको साथ कार्यक्रमको आयोजना गरिएको न्यायिक समिती सदस्य दुर्गा नेपाली बताउनु भयो । कानेपोखरीमा वर्षौ नि यस्ता जातीय भेदभाव विरुधाको कार्यक्रम गरिएको उहाँले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका अतिथी मानव अधिकार स्रोत विकास मन्चको अध्यक्ष उमेश विश्वकर्माले जातिय विभेदलाई अन्त्य गर्नको लागि विभिन्न खालको प्रयत्न भए पनि छुवाछूतको अन्तय नभएको उहाँले बताउनु भयो । जातिय भेदभावको अन्त्य गर्नको लागि राज्यले विभिन्न कार्यक्रमको आयोजना गरेको भएपनी नागरिक सचेत भए मात्र छुवाछुतको अन्त्य हुने मानव अधिकार बिकासको अध्यक्ष विश्वकर्माले बताउनु भयो ।

जातिय भेदभाव अन्त्य गर्नको लागि कानेपोखरी गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेको तथा जातीय भेदभाव अन्त्य कानेपोखरीमा गर्ने कानेपोखरी गाउँपालिका राजमती इङ्नामले बताउनु भयो । जातिय भेदभावको अन्त्यको लागि कानेपोखरी लागेको तथा जातीय कानेपोखरी वासीलाई जातीय भेदभाव नगर्न अध्यक्ष इङनामले आग्रह गर्नु भयो ।

कार्यक्रममा कानेपोखरी भरिका दलित जातीहरु , जनप्रतिनिधि , कर्मचारी , समाजसेवि , पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कानेपोखरी ६ का दलित महिला वडा सदस्य दुर्गा नेपालीले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०३-२१ , समय : २०:२८:०९ , १० महिना अगाडि