ईनेपालपत्र , १५७ पटक हेरिएको
एजेन्सी । अमेरिकी राज्य अलाबामामा हत्या अभियोगमा दोषी ठहर भएका केनेथ युजीन स्मिथलाई नाइट्रोजन ग्यास दिएर मारिएको छ । अमेरिकामा पहिलो पटक मृत्युदण्डका लागि यो विधि अपनाएको छ । यसका साथै उनी ग्यासबाट मारिने विश्वकै पहिलो कानुनी अपराधी बनेका छन् ।
५८ वर्षीय स्मिथले यस सजायविरुद्ध सर्वोच्च अदालतमा दुईवटा अपील गरेका थिए भने संघीय अदालतमा पनि अपील गरेका थिए । उनको तर्क थियो कि यो मृत्युदण्डको क्रूर र असामान्य तरिका हो।
उनलाई नाईट्रोजनले भरिएको ग्याँस मास्कले बाँधिएको थियो र उनलाई नाइट्रोजन सास फेर्न बाध्य पारिएको थियो।
नाइट्रोजन एक ग्यास हो जसले शरीरलाई निष्क्रिय पार्छ। यो ग्यास शरीर भित्र जाने बित्तिकै भित्रको अक्सिजन नष्ट हुन्छ ।
उनी सन् १९९८ को हत्याको मुद्दामा दोषी ठहर भएका थिए । उनले एक धार्मिक प्रचारककी पत्नी एलिजाबेथ सेनेटको हत्या गरेका थिए। यो हत्या पैसाको बदलामा भएको हो ।
प्रकाशित मिति: २०२४-०१-२८ , समय : ०६:५८:२६ , ११ महिना अगाडि