प्रशान्त निराैला , २२५ पटक हेरिएको
माघ, ८ लेटाङ । राज्य पुनर्संरचना पश्चात् नेपालमा ७५३ पालिका बने । ६७४३ वडा कार्यालय बने । यहि संरचना अनुसार लेटाङमा ९ वटा वडा बने । यी मध्ये लेटाङ १, ७ र ८ वडा आफ्नै भवनमा थिए । बाँकी अन्य वडाहरु भाडामा बस्ने गरेका थिए ।
ऐले नयाँ संरचना बनाउनका लागि भवनको स्टिमेट सहित लेटाङका सबै वडाहरु तयारीमा छन । यसो त लेटाङ नगरपालिकाको ४ र ९ नंबर वडाले अघिल्लो बर्षनै आफ्नै आधुनिक भवन निर्माण सम्पन्न गरि सेवा दिन सुरु गरिसकेका छन ।
आज लेटाङ नगरपालिका वडा नं.२ ले समेत आफ्नै नयाँ आधुनिक भवन निर्माण सम्पन्न गरेपछी बिधिवत रुपमा उद्घाटन गरि सेवा सुचारु गरेको छ ।
जिल्ला समन्वय समिती मोरङका प्रमुख अजम्बर राईको बाहुलीबाट भवन उद्घाटन भएपछी सेवा सुचारु भएको हो । २ नम्बर वडा अध्यक्ष तेज प्रसाद तिम्सिनाको अध्यक्षतामा भएको समारोहमा लेटाङ नगर प्रमुख भुपेन्द्रकुमार लावती, पुर्व नगरप्रमुख शंकर राई, नगर उपप्रमुख कृष्णकुमारी निराैला, प्रमुख प्रसासकिय अधिकृत नारायण न्यौपाने, नगरपालिका प्रबक्ता भुम सुर्यमगर , कर्मचारीहरु, वडा सदस्यहरू, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि , विभिन्न संघ सस्थाका प्रमुखहरु तथा वडाबासिको उपस्थितिमा उद्घाटन समारोह भएको हो ।
आफ्नै भवन बाट सेवा सुरु भएपछी अब साघुरो ठाउँ बाट सेवा सन्चालन गर्नुपर्ने बाध्यता हटेको छ । पर्याप्त पार्किङ, तथा वडा स्वास्थ्य केन्द्र समेत संगै रहेकाले सेवग्राहिलाई समेत सजिलो भएको छ । वडा सदस्यहरुलाई आफ्नो बस्ने छुट्टै कोठा नहुदा असहज महसुस गर्ने अवस्था बाट समेत मुक्त भएको छ । लेटाङ नगरपालिकाको २ नंबर वडाले वडा सदस्यको समेत छुट्टै कोठ बनाएर सेवा प्रवाह गर्न सुरु गरेको छ । यसले वडा सदस्यको मनोबल वृद्धि गरि वडा बिकासलाई थप बल समेत पुग्ने बिश्वास गरिएको छ ।
प्रकाशित मिति: २०२४-०१-२३ , समय : ००:३३:३४ , १२ महिना अगाडि