महिला अधिकार सम्बन्धी गोष्ठी

प्रशान्त निराैला , २४२  पटक हेरिएको

लेटाङ १३ मंसिर । मुख्य मन्त्री केदार काकीको प्रमुख आतिथ्यतामा कोशि प्रदेश भरिका १ सय ३७ वटा स्थानिय तहका उपप्रमुख तथा उपाध्यक्षहरु तथा मानव अधिकार रक्षक संजालका प्रतिनीधीहरु सहितको सहभागितामा २ दिने गोष्ठी सम्पन्न भएको छ ।

अधिकारकर्मी डा. रेनु राजभण्डारीको सहजिकरणमा विराटनगरमा सोमवार र मंगलवार दुई दिन भएको कार्यक्रममा ४ सय भन्दा बढिको सहभागिता थियो ।

महिलाको शरीर माथिको नियन्त्रण, महिलाको काम माथिको नियन्त्रण र रुपान्तरित नेतृत्वका सवालमा छलफल गरिएको कार्यक्रममा सहभागि ओरेक नेपालकी सहजकर्ता भीमा ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा महिला अधिकार स्थापित गर्नका लागि सरकार प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।मुख्यमन्त्री कार्कीले धेरै महिलाहरु शिक्षाको पहुचमा पुगेको बताउदै छोरा सरह छोरीले पनि काम गर्न सक्छन भन्ने उदाहरण धेरै देखिन थालेको बताउनुभयो । उहाँले घर देखिनै छोरीलाई छोरा सरह ब्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: २०२३-११-२९ , समय : १५:५८:०७ , १ वर्ष अगाडि