एनआरएनए अष्टेलिया महिला फोरमको सहयोगमा महिलाहरुलाई स्वास्थ्य सम्बन्धी तालिम प्रदान

प्रशान्त निराैला , १८८  पटक हेरिएको

लेटाङ, ११ मंसिर । एनआरएनए अष्ट्रेलियाको महिला फोरमको सहयोगमा महिलाहरुलाई प्राथमिक उपचार सम्बन्धि तालिम प्रदान गरिएको छ । मोरङ जिल्लाको लेटाङ नगरपालिका ४ मा ५० जना महिलाहरुलाई बिहीवार प्राथमिक उपचार तालिम दिइएको हो । एनआरएनए अष्ट्रेलियाको महिला फोरमको आर्थिक सहयोगमा एडभान्स हेल्थ केयर सेन्टर लेटाङ ३ को ब्यबस्थापनमा तालिम सम्पन्न गरिएको हो ।
तालिममा सहभागि महिलाहरुलाई स्थानीय स्तरमा वा घरमै आइपरेको स्वास्थ्य सम्वन्धि समस्यालाई कसरी प्राथमिक उपचार गर्ने सम्बन्धमा प्रशिक्षक डाक्टर श्रद्धा श्रेष्ठले प्रशिक्षण गर्नु भएको थियो । सहभागिहरुलाई सैद्धान्तीक तथा व्यवहारीक रुपमा अभ्यास समेत गराइएको हेल्थ केयर सेन्टर लेटाङका संचालक इश्वर शाक्यले जानकारी दिनुभयो ।

जसमा दुर्घटना तथा अन्य अवस्थामा आइपर्ने समस्याहरुलाई कसरी समाधान गर्ने विषयमा सहभागिहरुलाई प्रशिक्षीत गरिएको थियो । जस्तो रक्तस्राव रोक्न अपनाइने तरिका, महिनावारीमा आइपर्ने समस्याका वेला अपनाउनु पर्ने सतर्कता, वच्चाहरुलाई ज्वरो, झाडापखाला हुदाको अवस्था, त्यस्तै गर्भवती अवस्थामा अपनाउनु पर्ने सतर्कता आदि विषयवस्तु सिकाईएको थियो । त्यस्तै विपदको अवस्थामा कसरी प्राथमिक उपचार गर्ने जस्ता विषयमा सहभागिहरुलाई प्रशिक्षित गरिएको थियो । त्यसै गरि स्थानीय स्तरमा कसरी बीरामीको उद्धार गर्न स्टेचर निर्माण गर्न समेत व्यवहारिक रुपमा अभ्यास गरायएको थियो ।
महिलाहरुको स्वास्थ्य जाँच गरि निशुल्क औषधि समेत बिरतण गरिएको थियो । महिलाका विभिन्न समस्याको जाँच गरिएको हो ।
महिलाहरुले सानो समस्या लुकाईरहदा कालन्तरमा समस्या हुने भएकाले स्वास्थ्य जाँचका लागि सबै लाग्नु पर्ने महिलाहरुनै बताईरको छन ।

एनआरएनए अष्ट्रेलिया महिला फोरमका अनुसार महिलाहरुका लागि प्राथमिक उपचार तालिम निकै उपयोगि हुने भएकाले यस तालिम सन्चालनको लागि संस्थाले सहयोग गरेको जनाएको छ ।

प्रकाशित मिति: २०२३-११-२८ , समय : ०७:११:१३ , १ वर्ष अगाडि